सिरीयामा जारी हिंसामा ८० जना भन्दा बढीको मृत्यु, आज जनमत संग्रह ।।
सिरियाली जनताले त्यहाँका राष्ट्रपति बसर अल असादका विरुद्धमा आन्दोलन जारी नै राखेका बेला हिजो दिनभर भएको झडपमा परी ८० जना भन्दा बढीको मृत्यु भएको छ । मृतकहरुमध्येु केही सुरक्षकर्मी पनि रहेको जनाईएको छ । अरब क्रान्तिको एक लामो अध्यायका रुपमा लिइएको सिरियाको आन्दोलनका क्रममा सन् २०११ को मार्चदेखि हालसम्म सात हजार ६०० भन्दा बढी व्यक्तिको मृत्यु भइसकेको सुपरिवेक्षकहरूले बताएका छन् । यसैबीच आज सिरीयामा नयाँ संिवधानका लागी जनमत संग्रह हुदैछ । यो राष्ट्रपति बसर अल असादको राजनितीक सुधारका लागि गरीएको महत्वपुर्ण कदम मानिएको छ । सिरीयामा जारी लगभग १ वर्षदेखीको विद्रोहलाई मध्येनजर गर्दै यस्तो निर्णय लिईएको वीवीसीले उल्लेख गरेको छ । तर आज हुन लागेको भनिएकोे निर्वाचनलाई पनि अमेरिका लगायत विश्वका पश्चिमा शक्ति राष्ट्रहरुले भने हाँस्यास्पद कदमको संज्ञा दिएका छन् । यसरी सिरियामा आज मतदान नै भएपनि रक्तपातका बीच हुनेछ भनी समाचार विश्लेषण गरिएको छ । राष्ट्रपति असादको शासनविरुद्ध प्रजातन्त्रका लागि भएको ११ महिना लामो प्रदर्शनलाई शान्त बनाउन नयाँ संविधानको मस्यौदा तयार भएको हो ।
0 comments
Write Down Your Responses
Thank's For Comment Mero Mind