राष्ट्रिय खेलकूद प्रतियोगिता आजदेखि सुरु, उद्घाटन केहीबेरमा हुँदै ।।
छैटौ राष्ट्रिय खेलकूद प्रतियोगिता आजदेखि सुदूरपश्चिमको धनगढी रंगशालामा सुरु हुँदैछ । प्रतियोगिताको उद्घाटन राष्ट्रपति डाक्टर रामवरण यादवले दिउँसो २ बजे गर्ने कार्यक्रम रहे पनि अहिले केहीबेरमा हुँदैछ । राष्ट्रपति यादवसँगै प्रधानमन्त्री डा बाबुराम भट्टराई, मन्त्रीहरु र विभिन्न राजनीतिक दलका नेताहरु पनि उद्घाटन समारोहमा सहभागी हुनुहुने छ । उदघाटन समारोह धनगढी रंगशालामा २ घन्टा ३७ मिनेट चल्नेछ । उदघाटन कार्यक्रममा सुदूरपश्चिमको कला संस्कृति रहनसहन झल्किने २३ वटा सास्कृतिक सुदुरपश्चिमका ९ जिल्लाको परिचय खुलाउने सांस्कृतिक झलक प्रस्तुत गरिने भएको छ । त्यस्तै सुदूरको सौन्दर्य झल्काउने तथा स्वागत र बिदाई गर्ने परम्परालाई उदघाटन समारोहमा देखाइने समितिले जनाएको छ । उदघाटन समारोहमा खेलाडी प्रशिÔक खेलअधिकारी अतिथि तथा दर्शक गरेर दश हजार सहभागी हुने आयोजकले जनाएको छ । प्रतियोगिताका लागि धनगढी र महेन्द्रनगरमा अधिकासं खेलका खेलाडी प्रशिÔक तथा खेल पदाधिकारी पुगिसकेका छन् । नेपाली खेलकुद क्षेत्रको सबैभन्दा ठूलो प्रतियोगितामा ५ विकास क्षेत्र र अन्य विभागीय टोलीका गरी ५ हजार भन्दा धेरै खेलाडीहरुले सहभागिता जनाउँदै छन् । आजदेखि सुरु भई २१ गतेसम्म चल्ने प्रतियोगितामा ३२ खेल समावेश गरिएका छन् । प्रतियोतिाको पहिलो दिन आज साइक्लिङ्ग, पौडी, फुटबल, ब्याडमिन्टन, तेक्वान्दो, लन टेनिस, स्क्वास र सुटिङका खेलहरु विभिन्न ठाउँमा भइरहेका छन् भने केही खेलहरुको नतिजा पनि आइरहेको छ । छैठौंं राष्ट्रिय खेलकुदका प्रतियोगिताहरु धनगढी, महेन्द्रनगर, टिकापुर, काठमाडौं, ललितपुर, काभ्रे पोखरा र विरगञ्जमा हुनेछन् ।
0 comments
Write Down Your Responses
Thank's For Comment Mero Mind