सबैको हुने गरी संविधान बनाउनु पर्ने संविधानसभाका अध्यक्षको भनाइ ।।
संविधानसभाका अध्यक्ष सुवासचन्द्र नेम्वाङ्गले अब बन्ने संविधानमा कोही पनि विभेदमा पर्न नहुने बताउनु भएको छ । आज इलामममा इलाम एफएमको नवनिर्मित भवनको उद््घाटन कार्याक्रममा नेम्वाङ्गले नयाँ नेपालमा सबै अट्नु पर्ने बताउनुभएको हो । उहाँले उपलब्धी रक्षाका लागि एक्लै हिडेर कोहि पनि टुङ्गोमा नपुग्ने भन्दै सबै एक हुनुको विकल्प नरहेको बताउनुभयो । उहाँले सभासद र संविधानसभाले संविधान निर्माणको आधार तयार गरिसकेकाले अब बाँकी रहेकाले काम दल र नेताहरुको भएको भन्दै उनीहरु जिम्मेवार हुनुपर्ने बताउनुभयो । नेम्वाङ्गले रेडियोले अझ सशक्त
भएर जनतालाई सुसूचित गर्नुपर्ने बताउनु भएको छ । यसैबीच एफएम सञ्चालनमा महत्वपुर्ण भुमिका निर्वाह गरेको भन्दै स्टेशनले यही अवसरमा २० जनालाई सम्मान गरेको छ ।
0 comments
Write Down Your Responses
Thank's For Comment Mero Mind