देशभरका सरकारी र निजी विद्यालयको पढाइ प्रभावित, आन्दोलनकारीहरु पक्राउ ।।
नेपाल शैक्षिक गणतान्त्रिक मञ्च र नेपाल शिक्षक युनियनको आन्दोलनका कारण आज देशभरका सरकारी तथा निजी विद्यालयहरुको पठनपाठन प्रभावित भएको छ । अस्थायी शिक्षकहरुलाई स्थायी गराउनुपर्ने माग गर्दै नेपाल शैक्षिक गणतान्त्रिक मञ्च र नेपाल शिक्षक युनियन आबद्ध शिक्षकहरुले आज काठमाडौं उपत्यकासहित देशभरका शिक्षण संस्था बन्द गराएपछि विद्यालयहरुको पठनपाठन प्रभावित भएको हो । सरकारले आफ्ना मागहरुप्रति सुनुवाइ नगरेको भन्दै विरोधमा हिजो सार्वजनिक विदाको दिन पनि शिक्षकहरुले पढाएका थिए ।
यसैबीच शिक्षा मन्त्रालय घेराउ गर्ने क्रममा सय जनाभन्दा बढी आन्दोलनकारीहरु पक्राउ परेका छन् । नेपाल शैक्षिक गणतान्त्रिक मञ्चका केन्द्रीय कोषाध्यक्ष दिनेश थापाका अनुसार आआफ्नो अनुकुल हुने गरी जिल्ला सदरमुकाममा पनि आन्दोलन गरेका छन् । अस्थायी शिक्षकलाई प्रक्रिया पु¥याएर स्थायी गर्नुपर्ने, बिद्यालय कर्मचारीलाई दरबन्दी सिर्जना गरी स्थायी गर्नुपर्ने, संस्थागत बिद्यालयका शिक्षकलाई सरकारी शिक्षकसरह तलबसुविधा,भत्ता, नियुक्तिपत्र दिनुपर्ने लगायतका ४७ बुँदे माग गर्दै मञ्च र युनियनले तेस्रो चरणको आन्दोलन गर्दै आएका छन् ।
0 comments
Write Down Your Responses
Thank's For Comment Mero Mind