महोत्तरीका ४ वटा सरकारी कार्यालयमा लगाईका ताला अझै खुलेन ।।
महोत्तरीको बर्दिवासमा रहेका ४ वटा सरकारी कार्यालयमा लगाइएको ताल १७ दिन भै सक्दा समेत अझै खुलेको छैन । जिल्लामा रहेका सम्पुर्ण सरकारी कार्यालयको एकिकृत सेवा कार्यालय बर्दिवासमा स्थापना नगरी त्यहाँ भएका कार्यालय जलेश्वर सार्ने सरकारले निर्णय गरेको भन्दै संयुक्त संर्घष समितिले गत माघ २६ गते बर्दिवासमा रहेका जिल्ला वन, भुसंरक्षण, हुलाकी सडक र खानेपानी तथा सरसफाई डिभिजन कार्यालयमा ताला लगाएको छ । तालाबन्दीका कारण विकास निर्माण तथा कार्यालयको दैनिक कामकाजमा प्रभाव परेको जिल्ला भु संरक्षण कार्यालय महोत्तरीका निमित्त कार्यालय प्रमखु मेघराज राईले बताउनु दिनुभयो । बर्दिवासमा रहेका कार्यालय जलेस्वर सार्न सरकारले परिपत्र गरेको भए पनि ताला वन्दिका कारण बर्दिवासमा रहेको कार्यालयको केहि सामान पनि जलेश्वर सार्न नपाईएको समेत निमित्त प्रमुख राईले जानकारी दिनुभयो । तर संयुक्त संघर्ष समितिले एकिकृत सेवा कार्यालय बर्दिवासमा स्थापन नगरेसम्म ४ वटा सरकारी कार्यालयमा लगाइएको ताला नखोल्ने जनाएको छ ।
0 comments
Write Down Your Responses
Thank's For Comment Mero Mind