संसारकै होचो व्यक्ति चन्द्रबहादुर डाँगीलाइ बधाई
७२ वर्षका चन्द्रबहादुर सल्यानको रामपुर गा.वि.स.मा जन्मिएका चन्द्रबहादुरले २०६६ सालमा मात्रै सल्यान जिल्लाबाट नागरिकता लिएका थिए। चन्द्रबहादुर डाँगीलाइ बधाई छ । गिनिज बुक अफ वर्ल्ड रेकर्डसका प्रतिनिधीले नेपाल आएर नापेपछि चन्द्रबहादुर डाँगीलाइ विश्वका सबैभन्दा होचा र अहिले सम्मकै सबै भन्दा होचा व्यक्ति भएको पुस्टि पनि भएको छ ।

नेपालकै खगेन्द्र थापा मगर भन्दा कम उचाई भएर हाल बिश्वका सबै भन्दा कम उचाईको रेकर्ड राख्ने फिलिपिन्सका जुन्रे बालाविङभन्दा चन्द्रबहादुर डाँगी ३.३ सेमी अझै होचा रहेछन ।

संसारको अहिले सम्मकै सबैभन्दा होचा भनेर रेकर्ड राख्ने भारतका गुल मोहम्मदको उचाइ पनि चन्द्रबहादुरको भन्दा २ सेमी भन्दा बढी (५७ सेमी) थियो।
७२ वर्षका डाँगीको बारेमा अहिले सम्म थाहा नहुनु पनि अर्को रेकर्ड होला नि होइन त ? (फोटो क्रेडिट बिभिन्न अनलाइन साइट)

0 comments
Write Down Your Responses
Thank's For Comment Mero Mind