दादुरा–रुवेला विरुद्धको खोप अभियान ।।

अभियानबाट सुर्खेतका एक लाख २९ हजार जना बालबालिकालाई खोप पु¥याउने लक्ष्य बनाइएको छ । त्यसका लागी एक हजार भन्दा बढी स्वास्थ्य कार्यकर्ताहरु परिचालन गरिनेछ । २०१६ सम्म नेपालबाटै दादुरा निवारण तथा रुवेला नियन्त्रण गरिसक्नुपर्नेछ । सुर्खेत वीरेन्द्रनगरको खोर्केखोलामा पनि गत साउनमा देखिएको विमिराजन्य संक्रमणबाट १९ जना विरामी भएका थिए । विरामीमध्ये ११ जनामा रुवेला, ६ जनामा दादुरा तथा अन्य बाँकी विरामीमा पत्ता लाग्न सकेको थिएन । यस्तै
नेपालगंजस्थित सरस्वती उच्चमावि खोप केन्द्रबाट अभियान शुरु गरिदैछ । स्वास्थ्य राज्यमन्त्री सरोज कुमार यादवले अभियान शुरु गर्नु हुनोछ । पहिलो चरणमा मध्यपश्चिमका ६ र सुदुरपशिचमका ९ जिल्लामा खोप लगाइदैछ । आजदेखि चैत्र १४ सम्म जारी रहने अभियानमा नौ महिनादेखि १५ वर्षसम्मका करिब १८ लाख बालबालिकालाई दादुरा र रुबेलाविरुद्ध खोप दिइने तयारी गरिएको छ । खोपले रोग प्रतिरोधात्मक शक्ति बढाउने भएकोले नौ महिनादेखि १५ वर्ष मुनिका बालबालिकाले दादुरा–रुवेलाको खोप लगाउन आवश्यक रहेको बताउँदै त्यसबाट जोगिने एक मात्र विकल्प खोप लगाउनु नै रहेको जिल्ला जनस्वास्थ्य कार्यालय बाँकेका प्रमुख जिवन कुमार मल्लले जनाउनु भयो ।
नेकपा एमाले बाँकेको प्रथम जिल्ला प्रतिनिधी परिषदको बैठक आज हुँदैछ । बैठकमा करिब ५ सय भन्दा बढी अगुवा कार्यकर्ता प्रतिनिधी सहभागी हुने एमाले बाँकेले जनाएको छ ।
परिषद बैठकको अहिले विहान ९ वजे एमाले वरिष्ठ नेता माधवकुमार नेपालले उद्घाटन गर्नु हुनेछ उद्घाटन लगत्तै बन्दसत्र पनि सोही स्थानमा सुरु भई आजनै समापन गरिने बाँकेका उपसचिव रत्न खत्रीले जानकारी दिनु भयो । बैठकमा पेश गरिने राजनीतिक र आर्थिक प्रतिवेदन जिल्ला कमिटिले यस अघिनै पारित गरिसकेको छ
0 comments
Write Down Your Responses
Thank's For Comment Mero Mind