आज सरकारी र निजी बिद्यालयको पढाइ प्रभावित ।।


नेपाल शैक्षिक गणतान्त्रिक मञ्च र नेपाल शिक्षक युनियनको आन्दोलनका कारण आज देशभरका सरकारी तथा निजी बिद्यालयहरुको पठनपाठन प्रभावित हुने भएको छ । अस्थायी शिक्षकहरुलाई स्थायी गराउनुपर्ने माग गर्दै नेपाल शैक्षिक गणतान्त्रिक मञ्च र नेपाल शिक्षक युनियन आबद्ध शिक्षकहरुले आज काठमाडौं उपत्यका सहित देशभरका शिक्षण संस्था बन्द गराउने भएपछि बिद्यालयहरुको पठनपाठन प्रभावित हुने भएका हुन् । सरकारले आफ्ना मागहरुप्रति सुनुवाइ नगरेकोभन्दै विरोधमा हिजो सार्बजनिक विदाको दिन पनि शिक्षकहरुले पढाएका थिए । नेपाल शैक्षिक गणतान्त्रिक मञ्चका केन्द्रीय कोषाध्यक्ष दिनेश थापाका अनुसार आज जिल्ला शाखाहरुले आआफ्नो अनुकुल हुनेगरी जिल्ल सदरमुकाममा प्रदर्शन गर्नेछन् भने काठमाडौंमा प्रदर्शन गर्दै शिक्षा मन्त्रालय नजिक कोणसभा गरिनेछ । सरकारले विद्यालयललाई शान्ति क्षेत्र घोषणा गरी बन्द हड्ताल गर्न बन्देज लगाए पनि शिक्षकहरुले त्यसलाई उल्ल्ांघन गर्दै आएका छन् । अस्थायी शिक्षकलाई प्रक्रिया पु¥याएर स्थायी गर्नुपर्ने, बिद्यालय कर्मचारीलाई दरबन्दी सिर्जना गरी स्थायी गर्नुपर्ने, संस्थागत बिद्यालयका शिक्षकलाई सरकारी शिक्षकसरह तलबसुविधा,भत्ता, नियुक्तिपत्र दिनुपर्ने लगायतका ४७ बुँदे माग गर्दै मञ्च र युनियनले तेस्रो चरणको आन्दोलन गर्दै आएका छन् ।

0 comments

Write Down Your Responses

Thank's For Comment Mero Mind