आज भारत भ्रमणमा जाँदै युवा सभासद्हरू ।।

युवा सांसद आदान–प्रदान कार्यक्रम अन्तर्गत भारत सरकारको निमन्त्रणामा नेपालका सात राजनीतिक दलका १४ जना सभासद् आज भारको नयाँ दिल्ली प्रस्थान गर्दैछन । सप्ताहव्यापी भ्रमणको सिलसिलामा दुवैतर्फका संसद सदस्यहरूले अनुभव साटासाट गर्ने, लोकतान्त्रिक मान्यतालाई मजबुत तुल्याउन विचार आदान–प्रदान गर्ने र द्विपक्षीय सम्बन्ध तथा ज्ञानलाई प्रबर्धन गर्ने उद्देश्य रहेको नेपालस्थित भारतीय राजदूतावासले जनाएको छ ।

भ्रमण टोलीमा एकीकृत माओवादीका सरतसिंह भण्डारी, देवी खड्का, खिमलाल देवकोटा, विनोद पहारी र भरतप्रसाद शाह, नेपाली काङ्गे्रसका रामकृष्ण चित्रकार र उषा गुरुङ हुनुहुन्छ । यस्तै नेकपा एमालेकी विभाकुमारी कार्की, टासी साङ्मो गुरुङसेनी र शेरबहादुर कँुवर, फोरम लोकतान्त्रिककी आशाकुमारी सरदार, मधेसी फोरमका मोहम्मद ईस्तिहाक राई, तमलोपाका जितेन्द्र सोनाल र श्रीमती नोदिता चौधरी हुनुहुन्छ । नेपाली सभासद्को टोलीले भारतीय लोकसभाका सभामुख, विपक्षी दलका नेता, विदेश मामला मन्त्रालयका वरिष्ठ अधिकारीहरूसँग भेट्ने कार्यक्रम रहेको छ । यस्तै भारतका ग्रामीण विकास कार्यक्रम र शहरी योजना ढाँचा सम्बन्धमा जानकारी लिन आग्राको समेत अवलोकन गर्ने छ ।

0 comments

Write Down Your Responses

Thank's For Comment Mero Mind