तीन दलको निर्णायक बैठक बस्दै ।।
शान्ति र संविधानका लागि मिल्न बाँकी रहेका विवादहरूबारे छलफल गर्न आज तीन मुख्य दलका शीर्ष नेताहरूको बैठक बस्दै छ । बैठक बिहान ९ बजेपछि काङ्ग्रेस सभापति सुशील कोइरालाको निवास महाराजगन्मा बस्ने भएको छ । एकीकृत नेकपा माओवादी, नेपाली काङ्ग्रेस र नेकपा एमालेका शीर्ष नेताहरूको आज बैठकमा निर्णायक सहमति हुने बताइएको छ । यसअघि अस्ति पनि बसेको तीन दलको बैठकमा आ–आफ्नो पार्टीमा थप छलफल गरी विवाद समाधानका लागि आज बैठक बस्ने सहमति भएको थियो । नेताहरूले जिम्मेवारी बाँडफाँड गरी तयार गरिएको प्रस्तावहरूका बारेमा आज थप छलफल गरी निचोडमा पुग्ने बताएका छन् । अस्ति बसेको बैठकमा आ–आफ्नो जिम्मेवारी अनुसार तयार पारिएको विवाद समाधानको प्रस्ताव प्रस्तुत गरिएको थियो । फागुन १२ गते सबेको शीर्ष नेताको बैठकले शान्तिप्रक्रिया र सेना समायोजनसम्बन्धी विवादमा सहमतिको खाका ल्याउने जिम्मा माओवादी अध्यक्ष प्रचण्डलाई, विगतका सम्झौताअनुसार आयोगहरू गठनको प्रक्रिया र आगामी कार्ययोजनाको बारेमा प्रस्ताव तयार पार्न काङ्ग्रेस सभापति सुशील कोइराला र संविधान लेखनका विवादित विषयमा सहमति खोज्नेबारेको खाका प्रस्तुत गर्ने जिम्मा एमाले बरिष्ठ नेता माधव नेपाललाई दिएको थियो । मुख्य दलहरूबीच निर्वाचन प्रणाली, न्यायप्रणाली, राज्यको पुनःसंरचना, शासकीय स्वरुपलगायतका विषयमा सहमति हुन नसक्दा शान्ति र संविधान प्रक्रिया प्रभावित हुँदै आएको छ ।
0 comments
Write Down Your Responses
Thank's For Comment Mero Mind