मन्त्रालयालाई अस्पतालका लागि एक करोड अनुदान दिन सिफारिस ।।
अछाम जिल्लाको वयालपाटा अस्पतालको लागि सरकारले हाल दिंदै आएको अनुदान रकम ३० लाखबाट १ करोड पु¥याइने भएको छ । अस्पाताल संचालन तथा व्यवस्थापन समितिको बैठकले मन्त्रालयलाई रकम बढाउन सिफारिस पठाउने निर्णय गरेको हो । न्याय हेल्थ नेपाल र नेपाल सरकारद्धारा २०६६ बैशाख महिनाबाट बडालगडा रिडिकोटबाट आफ्नो सेवा सन्चालन गरेको अस्पतालले अवको ३ वर्षका लागि अस्पतालबाट प्रदान गरिने सेवा सुविधा विस्तार र थप सेवा संचालनका लागि अहिलेको अनुदान रकम अपुग हुने भन्दै प्रति वर्ष १ करोड अनुदान दिन स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा सिफारिस पठाउने निर्णय गरिएको हो । अस्पतालबाट प्रदान गरिने सेवाका बारेमा जानकारी दिंदै न्याय हेल्थका कन्ट्री डाईरेक्टर ग्रेगोरी कारेलसले अस्पतालबाट २४ घण्टे आकस्मिक सेवा २४ सै घण्टा प्रसुती सेवा, सुरक्षित गर्भपतन सेवा, एआरटी उपकेन्द्र, प्रयोगशाला सेवा, एम्बुलेन्स सेवा, सामुदायिक स्वास्थ्य सेवालगायतका सेवा निशुल्क प्रदान गरिरहेको बताउँनु भयो । २०६८ सालको अहिलेसम्म २६ हजार ४ सय ४५ जनालाई विभिन्न सेवा दिइएको भन्दै अछाम, डोटी, बाजुरालगायतका जिल्लाका बिरामीहरू आईरहेको भन्दै आम्दानीभन्दा खर्च बढीरहेकोले सरकारी अनुदान बढाउनु पर्ने बाध्यता रहेको बताउनुभयो ।
0 comments
Write Down Your Responses
Thank's For Comment Mero Mind