अन्तर्राष्ट्रिय पर्यटन महोत्सव दाङमा, एउटै थलोमा १३ देशका मौलिक कला देखाइदै



पर्यटन विकासका लागि पहिलोपटक दाङको घोराहीमा अन्तर्राष्ट्रिय लोकसांस्कृतिक पर्यटन महोत्सव आजदेखि सुरु हँुदैछ । एभरेष्ट नेपाल कल्चरल गु्रपको समन्वयमा हुनलागेको महोत्सवमा २ सय ५० जना विदेशी कलाकारहरुको उपस्थिति हुनेछ । नेपालसहित १३ देशका कलाकारको जमघटमा आ–आफ्ना मौलिक कला प्रस्तुत हुनेछन् । जसका लागि लिथुनियाका १४ जना कलाकारको टोली नेपाल आइपुगेको छ भने
पोल्याण्डबाट १०, इटलीबाट २२, टोगोबाट १२, फिनल्याण्डबाट १४ जना कलाकारको टोली दाङ आउनेछ । त्यस्तै मेक्सीकोबाट २०, भारतबाट दुई छट्टाछुट्टै गरी २७, श्रीलंकाबाट १९, घानाबाट ५, स्टोनियाबाट २७, ग्रीसबाट २४ र बंगलादेशबाट २० जनागरी २ सय ५० जना कलाकारहरुको जमघट दाङमा हुने आयोजकले जनाएको छ । समितिका अनुसार महोत्सवमा आज साझसम्म विदेशी कलाकारहरु दाङ आइपुग्नेछन । विदेशी कलाकारसगै नेपालका राष्ट्रिय स्तरका कलाकार पनि दाङ आउदैछन् । यी सबै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय कलाकारहरुका लागि दाङको घोराही र लमहीमा बस्ने व्यवस्था मिलाइएको मूल आयोजक समितिका संयोजक धु्रवराज श्रेष्ठ ‘भारी’ले जानकारी दिनुभयो । उहाका अनुसार उद्घाटनको पहिलो दिन विदेशी कलाकारहरुको प्रस्तुति रहने सम्भावना कमै रहनेछ भने फागुन ३० र चैत १ गते सबै कलाकारहरुको प्रस्तुति राखिएको छ ।

0 comments

Write Down Your Responses

Thank's For Comment Mero Mind