आजदेखी विद्यालय खुले, पठनपाठन सुरु ।।


शिक्षकहरुको हड्ताल स्थगन गरेपछि आजदेखी देशभरीका बन्द विद्यालयहरु सञ्चालनमा आएका छन् । शिक्षक युनियन,शैक्षिक गणतान्त्रिक मञ्च लगायतका संघसंगठनले हिजोदेखी गरेको आम शैक्षिक हड्ताल ५ दिनका लागि स्थगित गरेपछि आजदेखी विद्यालयहरु सञ्चालनमा आएका हुन । हडतालले ७५ लाख विद्यार्थीको पठकन पाठन प्रभावित भएका थियो ।
हिजो सभामुख सुवास नम्वाङ, शिक्षा मन्त्री दिनानाथ शर्मा र सरकोकारवालाबीच भएको वार्तामा सरकारले ४७ बुँदे माग सम्बोधन गर्न आर्वासन दिएपछि हड्ताल स्थगित गरिएको शिक्षकहरुले बताएकाछन् । माग पुरा नभए पाँचदिनपछि फेरि आन्दोलनमाजाने उनीहरुले चेतावनी दिएका छन् । यस्तौ नेपाल शैक्षिक गणतान्त्रिक मञ्च र शिक्षक युनियनमा आबाद्ध शिक्षकहरुले गरेको अनिश्चिकालीन शैक्षिक संस्था हड्ताल फिर्ता भएपनि २६ गतेदेखि काभ्रेमा जारी जिल्लास्तरीय परीक्षा अन्तर्गत आजको पनि स्थगित भएको छ । जिल्ला स्तरीय परीक्षा समितिले जिल्लाका सबै विद्यालयहरुलाई फागुन २८ र २९ गते लिइने अनिवार्य अंग्रेजी र गणित विषयको परीक्षा स्थगित गर्न निर्देशन जारी भइसकेकाले सञ्चालन हुन नसकेको जिल्ला शिक्षा अधिकारी रामशरण सापकोटाले जानकारी दिनुभयो । स्थगित भएको परीक्षा अर्को सुचना जारी नभए चैत ५ र ६ गते हुने अधिकारी सापकोटाले बताउनुभएको छ । यो वर्ष काभ्रेमा सामुदायिक र निजी २ सय ८० विद्यालयका करिब ११ हजार विद्यार्थी जिल्ला स्तरीय अर्थात् कक्षा ८ को परीक्षमा सहभागि छन् ।

0 comments

Write Down Your Responses

Thank's For Comment Mero Mind