विवाद समाधान गर्न उपसमितिले फेरि प्रयास गर्दै, बैठक दिउँसो बस्ने
संविधान लेखनका विवादमा छलफल गर्न संवैधानिक समिति अन्तर्गतको विवाद समाधान उपसमितिको बैठक आज बस्दै छ । बैठकमा हिजोको संवैधानिक समितिमा भएको छलफललाई आधार बनाएर मिलाउन बाँकी रहेका विवादका विषयमा छलफल हुनेछ । संविधानका विवाद समाधान गर्ने मुख्य जिम्मेवारी पाएको समितिमा सहमति नजिक भइसकेका विषय पनि फेरि विवाद परेपछि उपसमितिलाई समय थपिएको थियो । दलहरुबीच राज्य पुनर्संरचना, शासकीय स्वरुप, निर्वाचन प्रणाली, नागरिकतालगायत विषयमा मुख्य विवाद छ । दिउँसो ३ बजे सिंहदरबारमा बस्ने बैठकमा संविधानका विवाद समाधानका उपायबारे छलफल हुने र सहमति हुन नसक्ने विषय दलहरुलाई, संवैधानिक समितिमा पठाउने विषयमा समेत परामर्श गरिने समितिका सदस्य लक्ष्मणलाल कर्णले जानकारी दिनुभयो । यी विषयमा सहमति नहुँदा नयाँ संविधानको एकीकृत मस्यौदा बनाउने जिम्मेवारी पाएको संवैधानिक समितिको बैठक पनि निष्कर्ष विहीन हुँदै आएको छ । संशोधित कार्यतालिका अनुसार विवाद टुंग्याउन मुख्य तीन दललाई हिजोसम्मको समय दिएपनि दलहरुले सहमति गर्न सकेनन ।
0 comments
Write Down Your Responses
Thank's For Comment Mero Mind