जिविस काभ्रेको आर्थिक वर्ष २०६९÷०७० को अनुमानित बजेट २ अर्ब, ६१ करोड ।।

प्रकाश सुन्दास, काभ्रेपलाञ्चोक


जिल्ला विकास समिति काभ्रेको आर्थिक वर्ष २०६९÷०७० को अनुमानित बजेट २ अर्ब, ६१ करोड, ६० लाख, ५७ हजार हुनेभएको छ । जन आन्दोलन भाग दुई पछिको छैठौँ तथा जिविस सञ्चालन ऐन २०४८ अनुसार आज भएको २० औँ जिविस परिषद्मा उर्जा मन्त्री सूर्यमान दोङले बजेट, नीति तथा कार्यक्रम सार्वजनिक गर्दै यस्तो जानकारी दिइएको हो । नीति तथा कार्यक्रममा कुल चालु खर्च १ अर्ब, ८ करोड, ३७ लाख, ९१ हजार र पूजीँगत खर्च तर्फ १ अर्ब, ५३ करोड, २२ लाख, ६६ हजार विनियोजन गरिएको छ । नीति तथा कार्यक्रममा सडक, विद्युत्, शिक्षा, खानेपानी, सिचांई, सन् २०१५ भित्र जिल्ला खुल्ला दिसामुक्त क्षेत्र घोषण गर्ने अभियानलाई उच्च प्राथमिकतामा राखिएको छ । त्यस्तै महिला, बालबालिका तथा लक्षित वर्गहरुलाई समेत विशेष प्राथमिकता दिइएको काभ्रेका स्थानीय विकास अधिकारी मेघनाथ काफ्लेले जानकारी दिनुभयो ।

0 comments

Write Down Your Responses

Thank's For Comment Mero Mind