नेपाली रुपैयाँ दुबइका मनी एक्स्चेन्जमा


२९ फागुन, काठमाण्डौ । संयुक्त अरब इमिरेट्सको दुवइ स्थित मनी एक्स्चेन्जहरुमा चाहे अनुसारको नेपाली रुपैयाँ साट्न पाइने सुनेर राजस्व अनुसन्धान विभागका महानिर्देशक शान्तबहादुर श्रेष्ठ आश्चर्यमा परे ।
‘रकम बाहिर लैजान रोक्ने यत्रो कसरत भइरहेको छ’, उनले भने ‘यसरी रकम बाहिरिनु केन्द्रीय बैंक, अर्थमन्त्रालय र सुरक्षा निकायका लागि नै चुनौति हो ।’ दुबइको ड्रागन मार्ट मा मनी एक्सचेन्जरलाई १० लाख रुपैयाँ साट्न पाइन्छ भनेर सोध्दा भोलिपल्टै उपलब्ध गराउने जवाफ दिएको भन्दै उनले आश्चर्य व्यक्त गरे ।
आजको कारोबार दैनिकमा छापिएको खबर अनुसार वित्तिय अपराध नियन्त्रणसम्बन्धि प्रशिक्षणमा दुबइ पुगेका महानिर्देशक श्रेष्ठले कसरी रकम आएको छ भन्ने जान्ने प्रयास गरेका थिए ।

कामका लागि जानेहरु र हुन्डीजस्ता अवैध मार्गबाट पैसा बाहिरिने गरेको उनको ठम्याइ छ । यसरी बाहिरिएको नेपाली रुपैयाँले विदेशी मुद्रा आर्जनमा मात्र होइन भन्सारमा कम मूल्यका बिल बनाउन समेत सघाइरहेको उनले बताए ।
यसले नेपाली रुपैयाँले आर्जन गर्ने विदेशी मुद्रामा पनि असर पारेको छ । यसरी बाहिरिएको नेपाली रुपैयाँ घुमिफिरी नेपाल आउने भएपनि त्यसले व्यापारमा विकृति बढाउने श्रेष्ठले बताएका छन् ।
खुला सीमाका कारण नेपाली रुपैयाँ भारतमा भएका हुन्डीहरबाट समेत बाहिरिने गरेको आशंका गरिएको छ ।

0 comments

Write Down Your Responses

Thank's For Comment Mero Mind