सर्च इन्जिन गुगल नै हिरो
सुरक्षा नीतिका कारण पछिल्लो समयमा केही विवादित बनेको गुगल सबैभन्दा लोकप्रिय इन्टरनेट सर्च इन्जिन गुगल इन्टरनेट साइटहरु मध्ये सबैभन्दा लोकप्रिय रहेको पछिल्लो अध्ययनले देखाएको छ ।
पछिल्लो तथ्यांकले गुगलपछि दोश्रो स्थानमा याहु परेको छ । तर पहिलो स्थानको गुगल र दोश्रो स्थानको याहुबीच निकै ठूलो अन्तर छ । केबल ६ प्रतिशतले मात्र याहुलाई मन पराएका छन्, जबकी सन् २००४ मा २६ प्रतिशतले याहुलाई मन पराएका थिए ।
गुगलको लोकप्रियता बढ्दै जाँदा कमाइ पनि ह्वात्तै बढेको छ । गुगलले विज्ञापनबाट मात्रै गएको वर्ष ३६ अर्ब ५० करोड डलर कमाइ गरेको छ । सन् २००४ मा गुगलको विज्ञापनबाट हुने कमाइ वाषिर्क ३ अर्ब थियो ।
गुगलको कमाइ बढिरहेको र लोकप्रियता पनि बढिरहेको भएपनि पछिल्लो समयमा गुगलले ल्याएको कडा प्राइभेसी पोलिसीका कारण इन्टरनेट प्रयोगकर्ता रुष्ट बन्दै गएका पिउ प्रोजेक्टको ठहर छ ।
प्राइभेसी पोलिसीमार्फत गुगलले प्रयोगकर्ताका गोप्य सूचना तान्ने प्रयास गरिरहेको आरोप लाग्ने गरेको छ ।
0 comments
Write Down Your Responses
Thank's For Comment Mero Mind