सुनाखरी तस्करीलाई जिल्ला वन कार्यालय सिन्धुपाल्चोकले उन्मुक्ती दिएको खुलासा ।।
प्रकाश सुन्दास, काभ्रेपलाञ्चोक
तस्करले लाखौ कमिशन दिएपछि जिल्ला वन कार्यालय सिन्धुपाल्चोकले प्रतिबन्धीत सुनाखरी तस्करीमा संलग्न तीन जनालाई अनुसन्धान नै नगरी रिहा गरेको खुलासा भएको छ । गत माघ १८ गते सशस्त्र प्रहरीले अरनिको राजमार्गको अँधेरीबाट सुनाखरी सहित पक्राउ गरेका पाङताङ गाउँ विकास समिति वडा नम्बर १ का श्यामकुमार श्रेष्ठ, ठुलोपाखर गाविस वडा नम्बर ७ का मानबहादुर सुन्दास, चिनियाँ नागरिक चाङ छौ रुङ र बा २ च ८२०० नम्बरको ट्रकलाई साधरण तारेखमा रिहा गरेपछि तस्कर र वनकर्मचारी बीचको मिलेमत्तो देखिएको हो । जिल्ला वन अधिकृत कृष्णप्रसाद बस्ती बिदामा रहेको मौका पारेर तस्करहरुसँगको मिलेमतोमा वनकर्मचारीहरुले सुनाखरी तस्करीलाई उन्मुक्ती दिएको बताइएको छ । दुइ दिन सार्वजनिक विदा परेकाले कसैले थाहा नपाउने र विरोध पनि नहुने डरले वन कार्यालयले मंगलबार बेलुकी नै तस्करहरुलाई छाडेको छ । अनुसन्धानबाट विगो कम देखिएकाले धरौटीमा रिहा गरेको जिल्ला वन कार्यालयका सहायक वन अधिकृत प्रमोद भट्टराइले जानकारी दिनुभयो । वन कार्यालयले ट्रकको १० हजार र चालक र चिनियाँ नागरिकलाई नौ÷नौ सय धरौटीमा रिहा गरेको भट्टराइले बताउनुभएको छ । तस्करहरुलाई विना सजाँय उन्मुत्ती दिने जिल्ला वन कार्यालयको कामप्रति प्रहरीहरुबाट नै विरोध भइरहेको छ । करिव पाँच बर्ष अघि ईलाका प्रहरी कार्यालय वाह्रबिसेले रक्तचन्दन सहित वन कार्यालयलाई वुझाएको बा ३ ख ४८९ नम्बरको टोयटा कार, तीन वर्ष अघि सुनाखरी सहितको ना २ ख ६२५२ नम्बरको कन्टेनर भ्यान, २ बर्ष अघि तातोपानी भन्सार अस्थायी चेक पोष्ट अधेरीले सालकको कत्ला सहित वुझाएको बा १ च ६५०३ नम्बरको कार अहिले अलपत्र अवस्थामा छन् ।
0 comments
Write Down Your Responses
Thank's For Comment Mero Mind