महिलाहरुले ८ घण्टा काम, ८ घण्टा आराम
आज मार्च ८ अर्थात १०२ औं अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस नेपाल लगात विश्वभर बिभिन्न कार्यक्रम गरेर यो दिवस मनाइदैछ । संयुक्त राष्ट्र संघले यसवर्षको अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको नारा ग्रामीण महिलाको सशक्तिकरण, भोक र गरिबीको न्यूनीकरण भन्ने तय गरिएको छ । नेपालमा भने महिला हिंसा अन्त्य गरौं, शून्य सहिष्णुता कायम गरौं भन्ने नाराका साथ श्रमिक महिला दिवस मनाइदैछ । अमेरिकाको न्युयोर्कको कपडा उद्योगमा काम गर्ने मजदुर
महिलाहरुले ८ घण्टा काम, ८ घण्टा आराम, कामको समान ज्याला लगायत महिलासँग सम्बन्धित अधिकारको आवाज उठाउँदै गरेको संघर्ष सफल भएको दिनको सम्झनामा विश्वभरका महिलाहरुले सन् १९१० मार्च ८ बाट यो दिवस मनाउन थालेका हुन् । १०२औं श्रमिक महिला दिवसको अवसरमा नेपालका सरकारी तथा गैरसरकारी संघसंस्थाहरुले पनि ¥याली, अन्तरक्रिया तथा महिला सवालमा केन्द्रीत भएर छलफलको आयोजना गर्दैछन् । महिला सभासद्हरुको सक्रियतामा कन्या क्याम्पस डिल्लीबजारमा अहिले केहीबेरमा छलफल हुँदैछ भने बिहान १० बजे भद्रकालिबाट ¥याली निकालिदैछ । देशभरका सामुदायिक रेडियाहरुले पनि महिला अधिकार तथा उनीहरुको जीवनस्तर उकास्न सरोकारवाला निकायको भूमिका लगायतका बिषयमा केन्द्रीत बिभिन्न कार्यक्रम प्रसारण गरिरहेका छन् । विभिन्न अनुसन्धानबाट प्राप्त नतिजाअनुसार नेपाली महिलाहरु २४ घण्टामध्ये कम्तीमा १८ घण्टा काम गर्छन् । त्यसमा पनि बेतलबी अर्थात् तलब नै नपाउने काममा उनीहरू बढी संलग्न हुन्छन् ।
यसैबीच अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा प्रधानमन्त्री बाबुराम भट्टराइले शुभकामना सन्देश दिदै महिलालाई संविधान प्रदत्त हक र अधिकारको सुनिश्चितता आजको अवश्यकता रहेको बताउनु भएको छ । यस्तै संयुक्त राष्ट्रसंघीय मानवअधिकार उच्चायुक्तको कार्यलयले पनि शुभकामना वक्तव्य जारी गर्दै महिला अधिकारको रक्षा गर्न आग्रह गरेको छ । अन्तरिम संविधान २०६३ ले महिलाहरुलाई गरिने सबै प्रकारका विभेद र हिंसालाई दण्डनीय माने पनि महिला हिंसाका घटनामा कमि आएको छैन ।
0 comments
Write Down Your Responses
Thank's For Comment Mero Mind