शिविरका कमान्डरसँग छलफल गर्ने र शिविर खाली गराउने
माओवादी लडाकु शिविर खाली गर्ने बिषयमा आजबाट औपचारिक रुपमा कमान्डर माओवादी लडाकु रेखदेख, समायोजन, पुनस्थापना विशेष समितिको सचिवालयका अधिकारीबीच आजबाट सुरु ७ मुख्य र २१ सहायक गरी २८ वटा शिविरहरुमध्ये १३ वटा सहायक शिविरलाई खाली गरि १५ वटामा सीमित गर्न हिजो सचिवालयका प्रतिनीधिहरु लडाकु शिविरमा पुगेर त्यहाँको अवस्थाको बारेमा सामान्य जानकारी लिएका थिए । सम्बन्धित शिविरका कमान्डरसँग छलफल गर्ने र शिविर खाली गराउने काम सुरु हुने बिशेष समिति मातहतको सचिवालय संयोजक बालानन्द शर्माले सीआईएनलाई जानकारी दिनुभयो । माओवादी लडाकु प्रवक्ता चन्द्रप्रकाश खनाल बलदेवले ईलामस्थित पहिलो डिभिजिनका याङशिला र दानाबारी, सिन्धुलीस्थित दोस्रो डिभिजनका रानीबास र खयरबारी सहायक शिविरहरु खाली गरिने छ । चितवनस्थित तेस्रो डिभिजनका रक्सौली र भुताहा, नबलरासीस्थित चौथो डिभिजनका सैनामैना र जर्गाह, रोल्पास्थित पाँचौ डिभिजनका टिला र संग्राम शिविर खाली गरिने छ । सुर्खेतस्थित छैठौं डिभिजनका खाल्टेपानी र गुमी ब्यारेक खाली गरिने छ । कैलालीस्थित सातौं डिभिजनको भने सहजपुर ब्यारेकमात्र खाली गरिनेछ ।
0 comments
Write Down Your Responses
Thank's For Comment Mero Mind