रङ्गहरुको पर्व होली आज तराईमा मनाइदै
रङ्गहरुको पर्व होली आज तराईका जिल्लाहरुमा मनाइदैछ । एकआपसमा रङ्ग र अबीर लगाएर तराईका जिल्लामा बसोबास गर्ने नागरिकले आज होली पर्व मनाइरहेका छन् । मित्रता, आत्मीयता, सामीप्य र सद्भाव दर्शाउन साथीसङ्गी, आफन्तजनसँग मुख्यगरी रङ्ग तथा अविर लगाउने प्रचलन छ । दैत्यराज हिरण्यकशिपुले विष्णुभक्तिबाट विजलित पार्न नसकेपछि आफ्ना पुत्र प्रल्हादलाई मार्ने उद्देश्यले ब्रह्माबाट आगोले छुन नसक्ने वरदान पाएकी बहिनी होलिकालाई दन्किरहेको आगोमा छोरा प्रह्लादसहित पस्न लगाउँदा होलिका भसम भएकी र भक्त प्रह्लाद भने आगोबाट सकुशल निस्केको प्रसङ्ग पुराणमा उल्लेख छ । यसैको सम्झनास्वरुप शक्तिको दुरुपयोग गर्ने पाप प्रवृत्तिकी प्रतीक होलिका मारिएको उपलक्ष्यमा होलिकादहन भनी चीरदाह गरेर आपसमा रङ्ग, अबीर दलेर खुसीयाली मनाई होली खेल्ने परम्पराको थालनी भएको मानिन्छ ।
0 comments
Write Down Your Responses
Thank's For Comment Mero Mind