भोजपुरमा नेपाली सेनाद्वारा विस्फोटक पदार्थ निष्कृय पार्ने कार्य जारी ।।
भोजपुरमा नेपाली सेनाले सशस्त्र द्वन्द्वका समयमा राखिएका घरेलु विस्फोटक पदार्थ निष्कृय पार्ने कार्य सुरु गरेको छ । नेपाली सेनाको माइन डिस्पोजल टोलीले गोरखबहादुर गण परिसरक्षेत्रमा रहेका घरेलु विस्फोटक पदार्थ निष्कृय गर्ने कार्यलाई शुक्रबार देखि शुरु गरेको हो । सशस्त्र द्वन्द्वका समयमा तत्कालिन विद्रोही माओवादीले छोडेका विस्फोटक पदार्थहरु राखिएका स्थानको पहिचान गरी विस्फोटक पदार्थ निष्कृय गर्ने कार्यलाई सुचारु गरिएको सेनाले जनाएको छ । केही दिनसम्ममा सेनाको व्यारेक परिसर र आसपासमा रहेका घरेलु विस्फोटक पदार्थहरु निष्कृय गरी अन्य स्थानको पनि निष्कृय गरिने सेनाले जनाएको छ । विस्फोटक पदार्थको खोजीका लागि माइन डिक्टेटर मेशिनको पनि प्रयोग भइरहेको सेनाले जनाएको छ । सशस्त्र द्वन्द्वका समयमा भोजपुर सदरमुकामस्थित टुंडिखेलमा राखिएका घरेलु विस्फोटक पदार्थ खोजी गरी निष्कृय गर्ने तयारी भइरहेको जिल्ला प्रहरी कार्यालय भोजपुरका सई लक्ष्मीकुमार थापाले बताउन भयो ।
0 comments
Write Down Your Responses
Thank's For Comment Mero Mind