ह्याकरले तस्वीर चोरी गरे
हलिउड नायिका क्रिस्टिना हेन्डरिक्सको मोबाइल ह्याकरले ह्याक गरेर तस्वीरहरु चोरिदिएको छ। ३६ वर्षीया म्याड मेन नायिकाको मोबाइलको सेक्युरिटी कोड पत्ता लगाएर मोबाइल ह्याक गरी उनका मेकअपसहितका र बिनामेकअपका विभिन्न तस्वीर डाउनलोड गरेको अन्तर्राष्ट्रिय संचारमाध्यमले जनाएका छन्। उनको एक टपलेस फोटो मोदरलेस सन्डे नामक वेबसाइटमा पाइएपछि मोबाइल फोन ह्याक भएको रहस्य खुलेको थियो। तर उनका प्रवक्ताले वेबसाइटको तस्वीर नायिकाको नभएको जिकिर गरेका छन् भने मोबाइल ह्याक भएको कुरालाई चाहिँ स्वीकारेका छन्। 'क्रिस्टिनाको मोबाइल ह्याक भएको र फोटो चोरिएको कुरा सत्य हो’ ती प्रवक्ताले भनेका छन्- 'प्रहरीले यो विषयमा अनुसन्धान गरिरहेको छ।
0 comments
Write Down Your Responses
Thank's For Comment Mero Mind