कडा सुरक्षाबीच होली पर्व, सयौंलाई कारवाही ।।


आपसी मेलमिलाप र सद्भावनाको पर्वका रूपमा रहेको होलीपर्व अर्थात् फागु पूृर्णिमालाई विकृतरूपमा मनाउने प्रचलन बढ्दै गएकाले यसलाई मर्यादित बनाउन सरकारले यस वर्षदेखि कडा सुरक्षा व्यवस्था गरेको छ । ट्राफिक प्रहरीले मादक पदार्थ सेवन गरी क्षमताभन्दा बढी राखेर सवारी साधन चलाउनेहरूलाई व्यापक चेकजाँच गरेको छ । चेकजाँच गर्ने क्रममा तीनसय भन्दा बढी कारवाहीमा परेका छन् । होलीपर्वलाई मध्यनजर गरेर ट्राफिक प्रहरीले ट्राफिक नियम पालन गरी सवारीसाधन चलाउन आग्रह गर्दै आफ्नो सक्रियता तीव्र पारेको थियो । ट्राफिक नियम पालन नगर्ने र मादकपदार्थ खाएर सवारीसाधन चलाएको पाइएमा सवारीसाधन नियन्त्रणमा लिई कारबाही अगाडि बढाउने तयारी गरेको थियो ।
हिजोदेखि नै उपत्यकाका २८ स्थानमा माइकिङ गर्दै फागु पूर्णिमामा हुनसक्ने सम्भावित दुर्घटना र ट्राफिक नियम पालन गरेर मात्र आफ्नो सवारीसाधन चलाउन आग्रह गरिएको थियो । ट्राफिक प्रहरीले यसपर्वलाई ध्यानमा राखी १३ ठाउँमा मोबाइलटोली र ३७ ठाउँमा जाँचटोली खटाएर सवारीसाधनको सुरक्षाजाँच गर्नुका साथै गत मङ्सिर १७ गतेदेखि रातमा सुरु गरिएको मादकपदार्थ सेवन (मापसे) विरुद्धको अभियानलाई दिउँसै जारी राखेको थियो । महानगरीय प्रहरी कार्यालयले उपत्यकाभित्र सुरक्षा व्यवस्था कडा पार्न दुईहजार २०० भन्दा बढी प्रहरी परिचालन गरेको थियो ।

0 comments

Write Down Your Responses

Thank's For Comment Mero Mind