सुधारिएको घट्टप्रति काभ्रेको ग्रामीण भगेका स्थानीयबासिन्दाको बढ्दो आषर्कण ।।

प्रकाश सुन्दास,रेडियो नमोबुद्ध,काभ्रेपलाञ्चोक

सुधारिएको घट्टप्रति काभ्रेपालञ्चोक जिल्लाको ग्रामीण भेगका स्थानीयबासिन्दाहरुको आषर्कण बढ्दै गएको छ । जिल्लाको डाँडापारी क्षेत्रका बुढाखानी, सालधार, फोक्सिङटार, फलामेटार, घर्तीछाप, मिल्चे सहित १० गाविस, तिमाल, कोशीपारी लगायतका भेगहरुमा सुधारिएको घट्ट प्रयोग गर्नेको संख्या बढ्दै गएको हो । २०६१ सालबाट नेपालमै पहिलो पटक नेदरल्याण्ड विकास सहयोग नियोग र वैकल्पिक उर्जा प्रवद्र्धन केन्द्रको आर्थिक सहयोगमा ग्रामीण प्रविधि केन्द्रको कार्यान्वयन र घट्ट धनी संघ काभ्रेले परीक्षणको रुपमा सुधारीएको घट्ट कार्यक्रम काभ्रेमा लागु गरेपछि यसप्रति ग्रामीण जनताको रुचि बढ्दै गएको छ । जिल्लाको ६५ गाविस र १ नगरपालिकामा रहेको ११ सय भन्दा बढी पराम्परागत घट्टा मध्ये हाल सम्म ८ सय ८२ वटा घट्ट सुधारिएको छ । सुधारीएको एउटा घट्टबाट साढे २ किलोवाट देखि ५ किलोवाट सम्म विद्युत् निकाल्न सकिन्छ । त्यस्तै समयको बचत, थोरै ज्यालामा कुटानी र पिसानी गर्न पाउने भएपछि पहिलाको जस्तो रातभरि जातोमा अन्न पिसानी गर्नु पर्ने बाध्यता समेत स्थानीयहरुको हटेको मेच्छे गाविस–५ पानथलीका होम बहादुर सापकोटाले बताउनुभयो । जिल्लामा छोटो मदानी भएको पिसानीमात्रैको ७ सय ६१ वटा र विद्युत् उत्पादन, कफी प्रशोधन, धान कुटानी, तेल पेलानी, काठ चिरानी लगायतका कार्य गर्न मिल्ने १ सय २१ वटा सुधारिएको घट्ट मार्फत ४९ हजार उपभोक्ताहरुले सेवा लिइरहेको घट्ट धनी संघ काभ्रेका अध्यक्ष मानबहादुर गोलेले जानकारी दिनुभयो ।

0 comments

Write Down Your Responses

Thank's For Comment Mero Mind