शैक्षिक विकासका लागि पश्चिम सिन्धुपाल्चोकका शिक्षकहरुको भ्रमण ।।
प्रकाश सुन्दास,काभ्रेपलाञ्चोक
शैक्षिक विकासका लागि भन्दै पश्चिम सिन्धुपाल्चोकका १९ विद्यालयका शिक्षक, प्रधानध्यापक र स्रोत व्यक्तिले विभिन्न ठाउँको भ्रमण गरेका छन् । जिल्लाको किउल गाविस वडा नम्बर–१ भूमेश्वरी स्रोत केन्द्रका ३१ जना शिक्षकहरुले २०६८ चैत २४ गतेदेखि २०६९ बैशाख १ गते सम्म भ्रमण गरेका हुन् । संस्थागत विकासका लागि व्यक्तिगत खर्चमा दार्जालिङबाट भ्रमण शुरु गरेका शिक्षकहरुले भारतको जोगवनी, इलाम, विराटनगर, धरान, धकुटाको भ्रमण गरेका छन् । त्यस्तै जनकपुरको जानकी मन्दिर, धनुषाको बराहक्षेत्र, लुम्बिनी हुदैँ भ्रमण काठमाण्डुमा आइ सम्पन्न भएको किउल गाविस वडा नम्बर–२ मारहेको सात धारा प्राविका प्रधानध्यापक सोम बहादुर ज्योतीले जानकारी दिनुभयो । भ्रमणले शैक्षिकलाई नमूना बनाउन सहयोग पुगेको शिक्षकहरुले बताएका छन् ।
0 comments
Write Down Your Responses
Thank's For Comment Mero Mind