- रजनी श्रेष्ठ
काठमाडौं / मंगोल डेमोक्रेटिक पार्टीको वृहत् प्रशिक्षण कार्यक्रम
काठमाडौंको कीर्तिपुरमा सम्पन्न भएको छ । प्रशिक्षणमा मध्यमान्चाल विकास
क्षेत्रको १९ वटा जिल्लाका ५ सय ६३ युवा-युवतीहरुको सहभागिता रहेको थियो
। प्रशिक्षणमा सहभागीहरुमध्ये ५२ जना स्नाकोत्तर, स्नातक तह ९३, जना
प्रमाणपत्र तह १३७ जना र माध्यमिक शिक्षा पूरा गरेकाहरुको संख्या २८१ जना
रहेको थियो । सहभागीहरुलाई मंगोल समुदायका वरिष्ठ कानुन व्यवसायी र
मानव-शास्त्रीहरुले प्रशिक्षण दिएका थिए । प्रशिक्षण मंगोल डेमोक्रेटिक
पार्टीको भावि नीति कार्यक्रम र योजनाको बारेमा रहेको थियो ।
प्रशिक्षण अक्टोबर महिनाको ९, १० र ११ तारिखका दिन लगातार ३ दिनसम्म
चलेको थियो । प्रशिक्षण समाप्त भएपछि मंगोल डेमोक्रेटिक पार्टीले भावी
कार्यक्रम र योजनाको बारेमा नयाँ दस्तावेज सार्वजनिक गरेको छ । सार्वजनिक
दस्तावेजमा संविधानसभामा प्रतिनिधित्व गर्ने सबै राजनीतिक दलहरु नयाँ
संविधान निर्माण गर्नुको सट्टा मुलुकका ढुकुटी लुट्न र नेपाली नागरिकको
रगत-पसिना चुस्नमा नै व्यस्त रहेकाले नयाँ शक्ति निर्माण गर्ने
लक्ष्यसहित अब मंगोल डेमोक्रेटिक पार्टी नागरिकहरुको घर-घरमा पुग्ने
उल्लेख छ । मंगोल डेमोक्रेटिक पार्टीले थपिएको निर्धारित समय मंसिर १४
गतेभित्र नागरिकको हितमा संविधान निर्माण गरी शान्ति प्रकृयालाई तार्किक
निश्कर्षमा पुर्याउन नसक्ने ठोकुवा गर्दै संविधानसभामा प्रतिनिधित्व
गर्ने राजनीतिक दलका गतिविधि र कृयाकलापको भण्डाफोर गर्दै नागरिक
समुदायलाई आफ्नो अस्तित्व र पहिचानका निम्ति आफ्नो र मुलुकको साझा शत्रु
चिनाउँदै उनीहरुका विरुद्ध निर्णायक संघर्ष गर्न आह्वान गर्ने छन् ।
शान्ति, संविधान, लोकतन्त्र, धर्मनिरपेक्षता र संघीय संरचनाको बारेमा पनि
मंगोल डेमोक्रेटिक पार्टीले नागरिकहरुलाई प्रशिक्षित बनाउने छ ।
नागरिकहरुको घर-घरमा पुगी उनीहरुको दुःख-सुखको समस्या बुझ्ने तयारी गर्दै
यतिखेर मंगोल डेमोक्रेटिक पार्टीका नेता-कार्यकर्ताहरु मध्य पहाडी
क्षेत्रमा ठोस कार्यक्रम बनाई रोग-भोक गरिबी अशिक्षा र महंगीका विरुद्ध
संघर्ष गर्ने तयारीका साथ जुटिरहेको छ ।
मंगोल डेमोक्रेटिक पार्टीले भण्डाफोर गर्ने
0 comments
Write Down Your Responses
Thank's For Comment Mero Mind