संघीयता विनाको संविधान जलाउँछौः फोरम ।।
मधेशी जनअधिकार फोरम नेपालले संघीयता विनाको संविधान जारीगर्ने षडयन्त्र भइरहेको आरोप लगाउदै संघीयता विनाको संविधान जलाउने चेतावनी दिएको छ । संघीयता बिनाको संविधान वा पहिचान विनाको संघीयता लाद्ने कोशिष भइरहेको भन्दै फोरमले त्यस्तो अबस्थामा जेठ १४ पछि आन्दोलनमा जाने बताएको हो । आगामी २४ देखी २६ सम्म जनकपुरमा हुने सम्मेलनबारे जानकारी गराउन आयोजित पत्रकार सम्मेलनमा फोरम अध्यक्ष उपेन्द्र यादवले संविधान नबनाउने षडयन्त्रमा दलहरु लागेको आरोप लगाउनु भएको हो । फोरमले जेठ १४ मा संविधान नबने देशमा भ्याकुम सृजना हुने भन्दै बाँकी समयको सदुपयोग गर्न प्रमुख दलहरुसँग आग्रह गरेको छ । फोरम अध्यक्ष यादवले देशको सर्वोत्तम हितका लागि एक मधेश एक प्रदेको सम्बन्धमा छलफल गर्न तयार रहेको बताउनुभयो । फोरमले विकसित पछिल्लो राजनीतिक घटनाक्रमको समिक्षा र भावी रणनीति तय गर्न राष्टिय सम्मेलन गर्न लागेको जनाएको छ । सम्मेलनमा देशभरका एक हजार कार्यकर्ता सहभागि हुने फोरम महासचिव रामसहाय प्रसाद यादवले बताउनुभयो ।
0 comments
Write Down Your Responses
Thank's For Comment Mero Mind