विपक्षी दलद्वारा पत्रकार पौडेल हत्याको भत्र्सना ।।
विपक्षी दलले पत्रकारको सुरक्षा दिन नसकेको भन्दै सरकारको आलोचना गरेका छन् । नेपाली कांगे्रस र नेकपा एमालेका सचेतकहरुले सरकारले पत्रकारलाइ सुरक्षा दिन नसकेको भन्दै आपत्ति जनाएका हुन् । उनीहरुले अविलम्ब हत्यारा पत्ता लगाउन सरकारको ध्यानाकर्षण गराएका छन । नेपाली कागे्रसका मुख्य सचेतक लक्ष्मण घिमिरेले सरकारले शान्ति सुरक्षा दिन दिन नसकेको भन्दै आपत्ति जनाउनुभयो । एमाले मुख्य सचेतक भीम आचार्यले सरकारले पत्रकारको सुरक्षा दिन नसके संसदले सुरक्षाको लागि प्रवन्ध गर्ने बताउनभयो ।
यसैबीच पत्रकार पौडेलको गएराती हत्या भएको घटनाप्रति नेपाल पत्रकार महासंघ, सीआइएन शाखाले दुःख एवं भत्र्सना गर्दै स्तब्ध भएको जनाएको छ । शाखाले आज विज्ञप्ति निकालेर घटनाको छानबिन गरी दोषीलाई कडा कारवाही गर्न सरकारसँग माग पनि गरेको छ । साथै पीडित परिवारलाई राहता दिन पनि सरकारसँग आग्रह गरेको छ ।
झापाका पत्रकार यादव पौडेलको हत्याको विरोधमा काभ्रेका पत्रकारहरु पनि आन्दोलित बनेका छन् । नेपाल पत्रकार महासंघ जिल्ला शाखा काभ्रेको अगुवाइमा पत्रकारहरुले आज बनेपामा विरोध ¥याली निकालेका छन् । महासंघको कार्यालय तीनदोबाटोबाट शुरु भएको ¥यालीमा सहभागि पत्रकारहरुले हातमा कोलापट्टि र विभिन्न नारा लेखिएको प्लेकार्ड सहित नाराबाजी गरेका थिए । बनेपाको चारदोबाटोमा कोणसभालाई सम्बोधन गर्दै महासंघ काभ्रेका अध्यक्ष महेश पौडेलले हत्याको छानविन गरी दोषिलाई कानुनी कठघरामा ल्याउन सरकारसँग आग्रह गर्नु भयो ।
पत्रकार यादब पौडेल हत्या भएको बिषयमा नेपाल पत्रकार महासंघ झापा शाखाले भत्सना गरेको छ । पत्रकार महासंघका पूर्वाञ्चल संयोजक मोहन काजी र झापा शाखा अध्यक्ष गणेश पोख्रेलको नेतृत्वमा जिल्ला प्रशासन कार्यलय पुगेर प्रमुख जिल्ला अधिकारी नरेन्द्र राज शर्मालाई ज्ञापनपत्र बुझाउँदै पत्रकार पौडेलको हत्या गम्भीर षड्यन्त्र र सुनियोजित ढंगले भएको ठहर गर्दै दोषिहरुलाई कारवाही गर्न माग गरेका छन् ।
0 comments
Write Down Your Responses
Thank's For Comment Mero Mind