राष्ट्रिय अखण्डको माग गर्दै जिल्ला प्रशासन कार्यालय सिन्धुपाल्चोकमा ज्ञापनपत्र ।।

प्रकाश सुन्दास,रेडियो नमोबुद्ध, काभ्रेपलाञ्चोक

राष्ट्रिय अखण्डता र जातीय सद्भावका लागि सयुक्त संघर्ष समिति सिन्धुपाल्चोकले जिल्ला प्रशासन कार्यालयमा ज्ञापन पत्र बुझाएको छ । आज संघर्ष समितिका संयोजक गुनवहादुर थापाले जिल्लाका निमित्त सहायक प्रमूख जिल्ला अधिकारी गोविन्दप्रसाद सापकोटा समक्ष ज्ञापनपत्र बुझाउनुभएको हो । समितिले राज्य पुनसंरचना गर्दा जाति, भाषा र धर्मको आधारमा नभई भौगोलिक निकटता, प्रशासनिक अनुकुलता, स्रोत साधनको उपलब्धता र आर्थिक संम्भाव्यताका आधारमा प्रदेशको बाँडफाँड गरिनु पर्ने माग अघि सारेको छ । खस, क्षत्री, ब्रम्हण, ठकुरी, दशनामी र दलित लगायतका जातिलाई अन्यवाट हटाउनु पर्ने पनि माग राखेको छ । तत्काल आफूहरुले अघि सारेको मागको सुनुवाई नभए कडा आन्दोलनमा उत्रने समितिका संयोजक थापाले वताउनुभयो । समितिले वैशाख २८ गते सम्मका आन्दोलनका कार्यक्रमको समेत घोषणा गरिसकेको छ । ज्ञापनपत्र बुझ्दै निमित्त प्रजिअ सापकोटाले समितिको मागलाई सम्बन्धित निकायमा पु¥याउने प्रतिबद्धता जनाउनुभयो । संघर्ष समितिमा क्षत्री समाज नेपाल, ब्रह्मण समाज नेपाल, ठकुरी समाज महासंघ नेपाल, नेपाल दशनामी समाज, विभेदमुक्ति प्रगतिशील समाज, दलित जनजागरण सेवा संघको सहभागिता रहेको छ ।

0 comments

Write Down Your Responses

Thank's For Comment Mero Mind