बोक्सि सम्बन्धि जानकारी !!

बोक्सि यो सन्दर्भमा ''मेरो माइन्ड'' मा पहिले पनि ''बोक्सी!!!! के यो साच्चै नै हुन्छ त ?''यो बिषय राखेर चर्चा गरी सकेको छ ।
यो जतिकुरा गरेपनि नसकिने र समाजमा यो घटानाहरु घट्न नछोडने भएकोले पहिलेकोमा केहि थप जानकारी अहिले दिन खोजेका छौँ ।


जादू टुना गरेर अरुलाई दुःख दिने विश्वास गरिएको महिला । अन्धविश्वास । नेपाली भाषामा गालीका लागि प्रयोग हुने शब्द । - विकीपीडिया (नेपाली

 
बोक्सी प्रथा अन्धविश्वासहरु :
  • अनुहार हेर्न साथ बिरामी हुन थालेको । (पेट, छाती, कम्मर)
  • खेतबारीमा हिँडेकाले उत्पादन नभएको । (धान, मकै, घाँस, फर्सी)
  • घरपालुवा पशुमा आँखा लागेको । (गाई, भैँसी, बाख्रा, सुगुँर, कुखुरा)
  • म्हिला अनौठो किसिमले बर्बराउन थालेको । (हिस्टेरिया, पारिवारिक तनाव)
  • शरीरमा अनौठो दाग देखा परेको । (चुसेको, विद्यार्थी, शिक्षक) (यथार्थ : बाधरोग)
  • सपनामा ऐँठन हुने ।
  • मान्छेको जिब्रो कालो हुने ।
  • खोर्सानीको धुलोदेखि नडराउने ।
हिंसा तथा यातनाका पराकाष्ठाहरु :
  • हिंसा तथा यातनाका पराकाष्ठाहरु :
  • दिसा पिसाब खुवाउने 
  • निर्घात कुटपिट गर्ने ।
  • केशमुण्डन गरेर गाउँ घुमाउने ।
  • नग्न पारेर सिस्नुपानी लगाउने ।
  • गर्दनमा पीडादायी आक्रमण गर्ने ।
  • पन्यूले गाला डाम्ने, शरीर पोल्ने ।
  • खोर्सानी डराएर सुँघाउने ।
  • परिवारिसहित गाउँ निकाला गर्ने, पानी नचल्ने ।
  • हत्या गर्ने ।
बोक्सी प्रथाले  पश्रय पाउनका कारणहरु :
  • अशिक्षा, चेतनास्तरको कमी, बेरोजगारी, गरिबी ।
  • घटनालाई गाउँमै मिलाउन खोज्नू ।
  • पीडकलाई राजनीतिक संरक्षण दिनू ।
  • दण्डहीनता ।
  • पीडितलाई विभिन्न धम्की दिनु ।
  • प्रहरी प्रशासनले अग्रसरता नदिनु ।
  • कानुनी उपचार फितलो हुनु ।
  • दीर्घकालीन नीतिको अभाव ।

, ,

0 comments

Write Down Your Responses

Thank's For Comment Mero Mind