पोखराको हिमपहिरोमा १३ को मृत्यु
२३ वैशाख, पोखरा । कास्कीको माछापुच्छ्रे
गाविसमा रहेको अन्नपूर्ण हिमश्रृंखलामा भिषण हिमपहिरो गएको छ । हिम
पहिरोपछि सेती नदीमा आएको बाढीमा परि कम्तिमा १३ जनाको मृत्यु भएको छ भने
ठूलो धनजनको क्षति भएको छ ।
मृतकको पहिचान भने हुन सेकेको छैन् ।
पहिरोमा परि बगाएका तीन जनाको भने जीवितै उद्धार गरिएको प्रहरीले जनाएको छ ।
जीवितै उद्धार गरिएकाहरुको मणिपाल शिक्षण अस्पतालमा उपचार भइरहेको
प्रहरीले जनाएको छ । हिम पहिरोमा परी थुप्रै वेपत्ता भएका छन् । अहिलेसम्म
१७ जना हराएको भन्दै प्रहरीमा सूचना परेको छ भने खारापानी बजार, भुजुङ खोला
किनार लगायतका स्थान पूर्ण रुपमा बगाएको छ । हिमपहिरोले चारवटा ट्रक समेत
वगाएको छ भने स्याङ्जावाट बनभोजका लागि आएको बसपनि वाढीले वगाएको प्रहरीले
जनाएको छ ।
सेती नदीमा पानीको बहाव बढेका कारण उक्त
पानी पोखरा बजारमा आउने खतरा बढेको प्रहरीले जनाएको छ । सेती नदीमा पानीको
बहाव बढ्ने र घट्ने क्रम अहिले पनि जारी छ ।
घटना स्थलमा नेपाल प्रहरी, शसस्त्र
प्रहरी, नेपाली सेना तथा स्थानियवासीहरुको पहलमा उद्दार कार्य जारी छ ।
नेपाली सेनाको लन्चरसहितको २ र मुक्ति एयरलाइन्सको हेलिकोप्टर उद्धारमा
जुटेको छ । सैनिक प्रवक्ता रमिन्द्र क्षेत्रीका अनुसार सेनाको टोली उद्धार
कार्यमा जुटेको छ ।
बाढी आउँदैछ भन्ने कसरी थाहा भयो ?
सेती नदीमा बाढी नआउँदै पोखराका बासिन्दाल
लौ बाढी आउँदैछ भनेर अत्तालिए । यता र उता भागदौड र हारगुहार गरे । सबै
चनाखो बने । नदी आसपासमा रहेका बासिन्दा सुरक्षित ठाउँतिर दौडिए । आखिर
सेतीमा बाढी आउँदैछ भन्नेे कुरा कसरी थाहा भयो होला त ?
पोखरा विमानस्थल कार्यालयका बरिष्ठ अधिकृत
अनुप जोशीका अनुसार पोखरातर्फ आउँदै गरेको जहाजले माछापुच्छ्रे हिमालको
फेदीबाट हिमनदी बगेको र त्यो सेती नदीमा बाढीको रुपमा अघि बढ्दै गरेको खबर
गरे । त्यसपछि विमानस्थल कार्यालयले सञ्चारमाध्यमलाई खबर गरेपछि मात्रै
यसबारे अगि्रम जानकारी भएको हो । ठूलो आवाज र रुख तथा काठपात बगाउँदै बगेको
बाढीमा पानी भन्दा बढी लेदो र माटो देखिएको छ ।
अस्थायी हिमताल फुटेको विज्ञ अनुमान
सेती नदीमा अप्रत्याशित बाढी आउनुको ठ्याक्कै कारण यो भनेर यथार्थ जानकारी नआएपनि हिमताल फुटेर या हिमपहिरो आएर कारण यस्तो भएको अनुमान गरिएको छ ।
विज्ञहरुका अनुसार माछापुच्छ्रे् र
अन्नपूर्ण हिमश्रृँखला आसपासमा एउटा मात्र हिमताल छ । ‘तर यो हिमताल फुटेको
देखिँदैन, किनकी त्यहाँ रहेको हिमताल सेती नदीको मुहान आसपासमा पर्दैन’ जल
तथा मौसम विभागका उपमहानिर्देशक तथा मौसम पुर्वानुमान महाशाखाका प्रमुख
मणिरत्न शाक्यले जानकारी दिनुभयो । उहाँका अनुसार सेती नदीमा अप्रत्याशित
बाढी आउनुको मुख्य दुई कारण हुन सक्छन् । पहिलो त्यहाँ वर्षा र हिमपातका
कारण पहिल्यै अस्थायी प्रकारको ताल या पोखरी हुनुपर्छ । यही बेला माथिबाट
आएको हिमपहिरोले त्यो ताल फुटेर बाढी आएको हुनुपर्छ । अर्को कारण भनेको
अहिले गर्मी मौसममा हिमाली क्षेत्रमा हिमपात, पहाडी क्षेत्रमा असिना पानी र
तराईमा भारी वर्षा हुने सिजन हो । ‘भारी हिमपातका कारण पानी पग्लेर
अस्थायी ताल एकैपटक बगेर पनि यस्तो हुन सक्छ’ शाक्यले जानकारी दिनुभयो ।
हिमतालको क्षेत्रमा काम गर्ने इसिमोडका विज्ञ प्रदिप मुलको अनुमान पनि
यस्तै छ । ‘हिम पहिरोले अस्थायी हिमताल पुर्न जाँदा त्यहाँको पानी एकैपटक
बगेर यस्तो अवस्था आएको हुन सक्छ’ उहाँले भन्नुभयो । उहाँका अनुसार
हिमपहिरो जुनसुकै बेला पनि जान सक्छ, तर यो सिजनमा हिमपहिरो जाने खतरा बढी
हुन्छ ।
कति होलान् हिमताल ?
हिमाली क्षेत्रमा पानीको ताल धेरै भएको
अनुमान छ । तर यति नै छ भन्ने आधिकारिक तथ्याँक कोहीसित पनि छैन । मौसम
विभागका अनुसार झण्डै ३२ वटा ठूला हिमताल हुन सक्छन् । हिमतालको बारेमा
अध्ययन गरेको इसिमोडले दुई दर्जनभन्दा बढी ठूला हिमताल रहेको अनुमान गरेको छ
। हिमताल यही बेला फुट्छ भनेर अनुमान गर्न गाह्रो छ । हिमपहिरोका कारण
हिमताल फुट्ने हुँदा जुनसुकै बेला खतरा हुन सक्ने विज्ञहरु बताउँछन् ।
नदीहरु सबै हिमालबाटै उत्पत्ति भएका
हुन्छन् । हिमनदी बग्दा या हिमताल फुट्दा नदीमा पानीको बहाब बढ्नु स्वभाविक
हो । यस्तो बेला नदी आसपासका बासिन्दाले हरबखत सतर्क रहनु आवश्यक छ ।
0 comments
Write Down Your Responses
Thank's For Comment Mero Mind