संविधानसभा भङग गरी नयाँ जनादेशमा जान माग
काठमाडौं १३ जेठ । ६ वटा राजनीतिक पार्टी र विभिन्न राजनीतिक संघ–संगठनहरुले जेठ १४ भित्र नयाँ संविधान जारी गर्न नसके संविधानसभा भङग गरी नयाँ जनादेशमा जानुपर्ने माग गरेका छन् ।
शनिबार रिपोर्टर्स क्लब नेपालमा युनाईटेड नेपाल रिपब्लिकन पार्टीले आयोजना गरेको पत्रकार सम्मेलनमा युनाईटेड फोरम नेपाल, युनाईटेड नेपाल, कम्युनिष्ट युवा लिग, मधेशी नागरिक समाज, डेमोक्रेटिक पार्टीले जेठ १४ भित्र संविधान जारी नगरिए संविधानसभा भङग गरी नयाँ जनादेशमा जान माग गरेका हुन् ।
पत्रकार सम्मेलनमा बोल्दै युनाईटेड नेपाल रिपब्लिकन पार्टीका कार्यवाहक अध्यक्ष धीरेन्द्र झाले संविधानसभाबाट जेठ १४ भित्र संघीयतासहितको नयाँ संविधान जारी हुनुपर्छ भन्दै संविधान जारी गर्न सकेनन् भने ६०१ सभासदहरुले सामूहिक राजीनामा दिएर नयाँ जनादेशमा जानुपर्ने धारणा राखे ।
युनाईटेड फोरमका संयोजक दीपक झाले दुई वर्षको समयसीमा पाएका सभासद्हरुले स्वेच्छचारी ढंगबाट संविधानसभाको म्याद थप्दै ऐस आराम गरेको आरोप लगाए ।
डेमोक्रेटिक पार्टीका अध्यक्ष जीवन साहले भने– जेठ १४ भित्र संविधान जारी नगरे नेपाली जनताले नेताहरुलाई माफी नदिने दावी गरे ।
पत्रकार सम्मेलनमा कम्युनिष्ट युवा लिगका संयोजक मनबहादुर सिंह, मधेशी नागरिक समाजका अध्यक्ष डम्बरनारायण यादवले पनि संविधान जारी नभए नयाँ जनादेशमा जानुपर्ने धारणा राखेका थिए ।
0 comments
Write Down Your Responses
Thank's For Comment Mero Mind