Congratulation to Haribansh & Ramila

Congratulation to Haribansh & Ramila
हरिवंश जी तथा उहांको जस्तै एक्लो जीवन विताइरहनुभएकी रमीला जीलाई सुखद दाम्पत्य जीवनकालागि धेरैधेरै शुभकामना!


(तलको सन्देश र तस्वीर साहित्यकार रवीन्द्र समीरको वलबाट साभार गरिएको हो)
आफुलाई भन्दा धेरै माया गर्ने मिरा भाउजुको १.५ बर्ष पहिले अचानक निधन भएपछि बिक्षिप्त बन्नुभएका हरिबंश दाजुलाई उहाका छोराहरु त्रिलोक र मोहित, दिदिहरु एबम अन्य परिवार, मदनकृष्ण दाइ लगायत धेरै कलाकारहरु, सुभेच्छुकहरु आदिको अनुरोधमा आज उहाले रमिला पाठकसँग सहयात्रा गर्ने औपचारिक बिबाह बन्धनमा बाधिनुभयो । यो बिचको समय नेपाली कला, समाजसेवा एबम आफ्ना कामहरु पूर्ववत गर्न असमर्थ हरिबंश दाइ यो बिबाहले पहिलेकै अवस्थामा सकृय हुनुहुनेछ भन्ने अपेक्षा गरेका छौ ।

त्यसो त हरिबंश दाइले जुनसुकै उमेर,रुप,ओहदाका ब्यक्ति सङ्ग बिहे गर्न सक्नुहुन्थ्यो । उहाले बिगत एक दशक पहिले बिधवा हुनुभएकी रमिला पाठक सङ्ग बिहे गरेर समाजमा सकरात्मक सन्देश पनि दिनुभएको छ । रमिला भाउजु बुटवलको हुनुहुन्छ । उहाहरु बिच करीब दश बर्षको उमेर अन्तर छ । आज सम्पन्न बिहेमा हामी थोरै मात्र गएका थियौ । मदन दाइ भाउजुको उपचारार्थ BANGKOK हुनुभएकोले फोनबाट शुभकामना दिनुभएको थियो ।
( By Permission from Haribansha Acharya : photo- Myself )

1 comments

सुभकामना छ है हरिबंश दाई र रमिला भाउजु लाई समाज मा यस्तै सकारात्मक सोच भएका व्यक्ति हरुको आबस्यक छ |

Write Down Your Responses

Thank's For Comment Mero Mind