युट्यूबमा नयाँ रेकर्ड ‘गंगनम स्टाइल’ (भिडियो सहित)


विश्वव्यापी रुपमा ध्यान खिच्दै इन्टरनेटमा भाइरल फैलिएको दक्षिण कोरियाली गीत गंगनम स्टाइलले नयाँ रेकर्ड कायम गरेको छ । यसअघि सबैभन्दा बढी हेरिएको रेकर्ड कायम गरेको जस्टिन बिबरको ‘बेबी’ लाई उछिन्दै ‘गंगनम स्टाइल’ ले नयाँ रेकर्ड बनाएको हो ।
गत जुलाइ १५ का दिन रिलिज गरिएको यो भिडियो ८१ करोड सात लाख ९५ हजार भन्दा बढीले हेरेका छन् । जवकी यसअघि सर्वाधिक हेरिएको जस्टिन बिबरको ‘बेबी’ ८१ करोड भ्यूका लागि संघर्षरत छ । यो गीत हालसम्म ८० करोड ४२ लाख ५० हजार भन्दा बढीले हेरेका छन् ।
भ्यूमात्र हैन, गंगनम स्टाइल सबैभन्दा बढी दर्शकले लाइक गरेको भिडियो पनि भएको छ । ५३ लाख ९७ हजार भन्दा बढीले युट्यूबमा यो भिडियोलाई थम्बस् अप गरेका छन् । सबैभन्दा बढी डिस्लाइक गरिएको रेकर्ड भने बाइबरको ‘बेबी’ले कायम रोखेको छ । यो भिडियो हालसम्म ३२ लाख भन्दा बढीलेले डिस्लाइक गरेका छन् ।
भिडियो हिट भएपछि सबैभन्दा बढी खुसी भएका छन् यो गीतका गायक तथा र्‍यापर पार्क जे स्याङ (पिएसवाइ- PSY)। ३४ वर्षिय गायक पिएसवाइले डेलीमेलसँग ‘भिडियो विदेशी दर्शकका लागि नभै आफ्ना घरेलु फ्यानका लागि मात्र लक्षित गरिएको बताएका छन् ।
गंगनम स्टाइल भर्सेज जस्टिन बिबर
  • गंगनम स्टाइल एक मिनेटमा ४ हजार ६२ भ्यू हुन्छ भने बिबरको बेबी ५ सय ५० भ्यू ।
  • गंगनम स्टाइलले एक मिनेटमा २९ लाइक पाउँछ भने बेबीले १ लाइक ।
  • गंगनम स्टाइल एक मिनेटमा १.७ डिस्लाइक हुन्छ भने बेबी ४.३ डिस्लाइक ।
  • गंगनम स्टाइलले एक मिनेटमा १६ कमेन्ट पाउँछ भने बेबीले ६ कमेन्ट ।
गत अक्टुबरमा गाएक पिएसवाइले संयुक्त राष्ट्रसंघका महासचिव वान कि मुनलाई समेत भेटेका थिए । महासचिव मुनले उनीको विश्वव्यपी प्रभावको प्रशंसा गर्दै सँगै काम गर्ने ईच्छा व्यक्त गरेका थिए ।
राजेश हमाल पनि गंगनम स्टाइलमा ?
विश्वव्यपी रुपमा फैलिएको यो भिडियोलाई दर्शकले आफ्नै पाराले मिक्सिङ गरेर पनि युट्यूबमा अपलोड गरेका छन् । युट्यूवका एक प्रयोगकर्ताले नायक राजेश हमाल र नायिका करिस्मा मानन्धरले अभिनय गरेको सुपरहिट नेपाली चलचित्र ‘साथी’ को ‘मलाई पनि अंग्रेजीमा बोल्न सिकाइदेउ न’ बोलको गीतलाई पनि गंगनम स्टाइल बनाएका छन् । हेर्नुहोस् उक्त भिडियोः
गंगनम स्टाइल भन्दा अघि सर्वाधिक हेरिएको रेकर्ड रोखेको जस्टिन बिबरको ‘बेबी’ हेर्नुहोस् :

0 comments

Write Down Your Responses

Thank's For Comment Mero Mind