इन्टरनेट गति कममा द्रूत गतिमा यूट्यूबका भिडियो हेर्न सक्नुहुन्छ।

यदी तपाइँको इन्टरनेट कनेक्सन कम गतिको छ र यूट्यूब ढिलो खुल्छ। भिडियो Buffering भएर हैरान हुन्छ भने त्यसको सजिलो उपाय छ। जसको कारण तपाइँ बिना Buffering भिडियो देख्न सक्नुहुन्छ। तपाइँको घरको इन्टरनेटको गतिको आधारमा बिना वा कम मात्र Buffering मा फिल्महरु हेर्न सक्नुहुन्छ।

नेपाल जस्तो इन्टरनेटको गति कम भएका मुलुकका लागि यूट्यूबले लाइट भर्सन ल्याएको छ। जसको कारण कम भन्दा कम डाटा डाउनलोड गरि यूट्यूबका भिडियो तथा फिल्म हेर्न सकिन्छ। जसको नाम हो YouTube Feather Beta। यसमा सामान्य रुपमा खुल्ने यूट्यूबमा भन्दा कम मात्र डिजाइन डाउनलोड हुन्छ जसले गर्दा का लागि समय लाग्दैन। लागे पनि निक्कै कम समय। नेपाल टेलिकमको एडीएसएलमा त यसबाट नरोकिइकन भिडियो हेर्न सकिन्छ। त्यसका लागि यहाँ क्लिक गर्नुहोस् ।

त्यसपछि देखिने यूट्यूबको यसखालको पेजमा गएर Join the “Feather” Betaमा क्लिक गर्नुस्। त्यसपछि तपाइँले नरोकिइकन फिल्म वा अन्य कुनै भिडियो हेर्न सक्नुहुन्छ। यदी तपाइँ यूट्यूबको यो लाइट भर्सन केही समयको लागि मात्र प्रयोग गर्न चाहनुहुन्छ भने पेजमा देखिएको यस्तो छनौट विकल्प मध्ये मा क्लिक गर्नुस्। यदी सँधै छिटो र नरोकिइकन भिडियो तथा फिल्म हेर्ने हो भने Just this once मा क्लिक गर्नुस्। Permanently मा क्लिक गरेपछि यूट्यूबका सबै सुविधा पाउन सक्नुहुन्छ।

0 comments

Write Down Your Responses

Thank's For Comment Mero Mind