२०६८ सालको नेपालको जनसंख्या २ करोड ६४ लाख ९५ हजार


नेपालको जनसंख्या २ करोड ६४ लाख ९४ हजार ५ सय ४ पुगेको छ 
२०६८ सालमा भएको जनगणनाको तथ्याङक अनुसार जनसंख्या वृद्धिदर बार्षिक १ दशमलव ३५ रहेको उल्लेख छ । २०५८ को जनगणना अनुसार नेपालको जनसंख्या २ करोड ३१ लाख ५१ हजार ४ सय २३ थियो भने २०४८ सालको गणना अनुसार १ करोड ८४ लाख ९१ हजार ९७ थियो । केन्द्रीय तथ्याङ्ग बिभागले सोमवार सार्वजनिक गरेको राष्ट्रिय जनगणना ०६८ को नजितामा शहरी जनसंख्या १७ दशमलव ० ७ प्रतिशत रहेको तथ्याङक सार्वजनिक गरिएको छ ।
पुरुषभन्दा महिला धेरै
राष्ट्रिय जनगणनाको अन्तिम तथ्याङक अनुसार पुरुषको संख्या १ करोड २८ लाख ४९ हजार ४१ र महिलाको संख्या १ करोड ३६ लाख ४५ हजार ४ सय ६३ रहेको छ । पुरुष ४८ दशमव ५० र महिला ५१ दशमलव ५० रहेको तथ्याङकले देखाएको छ ।
दाउरा बाल्ने १ प्रतिशत घटे
अहिले पनि खाना पकाउन प्रयोग गरिने इन्धनमा ६४ प्रतिशतले काठ दाउराको प्रयोग गरेको तथ्याङकमा उल्लेख छ । २०५८ सालमा ६५ प्रतिशतले दाउरा प्रयोग गर्ने गरेकोमा यो १० बर्षको अवधीमा १ प्रतिशत मात्रै दाउरा प्रयोग गर्ने घटेका छन् । देशका कुल परिवार मध्ये ४७ दशमलव ७८ प्रतिशतले धारा पाइपबाट पानी आपूर्ति गरेको देखिएको छ । यस्तै अझै पनि ३८ दशमलव १७ प्रतिशत परिवारसँग आफ्नो घरमा शौचालय सुविधा छैन ।  यस्तै देशका कुल परिवारको १९ दशमलव ७१ प्रतिशत परिवारमा महिलाको नाममा घर जग्गा सम्पत्ती रहेको तथ्याङक सार्वजनिक भएको छ ।
विदेशमा बस्ने झण्डै २० लाख
यस्तै विदेशमा बसोवास गर्ने नेपालीको संख्या १९ लाख २१ हजार ४ सय ९४ जना देखिएको छ । ०५८ सालको तुलनामा मुलुकका धेरैजसो घरमा बिजुली बत्ति प्रयोग बढेको छ । अहिले ६७ दशमलव २६ प्रतिशतले बिजुली प्रयोग गर्छन् ।
१ सय २५ जातजाति, १ सय २३ मातृभाषा
त्यस्तै जनगणना अनुसार १ सय २५ वटा जातजाति र १ सय २३ मातृभाषा देखिएको छ । गणतन्त्रपछिको पहिलो जनगणनामा धर्म मान्ने मध्ये हिन्दू, क्रिश्चियन र बौद्ध धर्मावम्वी रहेका छन् । १५ देखि १९ बर्ष उमेरमा विवाह गर्नेको हिस्सा निक्कै ठुलो रहेको छ । त्यस्तै कुल जनसंख्याको १ दशमलव ९४ प्रतिशत व्यक्ति कुनै न कुनै प्रकारको अपाङ्गता भएको पाइएको छ । संख्याका आधारमा झण्डै ५ लाख १३ हजार अपाङ्गता भएका व्यक्ती छन् ।
पढे लेखेका मान्छे बढे
जनगणना अनुसार साक्षरता दर भने वृद्धि भएको छ । पाँच बर्ष माथिका २ करोड, ३९ लाख २६ हजार ५ सय ४१ जना साक्षर छन् । जस अनुसार कुल जनसंख्याको ६५ दशमलव ९ प्रतिशत नागरिक साक्षर रहेको पाइएको छ ।
पुरुषको साक्षरदर ७५ प्रतिशत १ र महिलाको ५७ दशमलव ४ रहेको छ । शैक्षिकस्तर भने कक्षा १ देखि ५ सम्म उर्तिण गरेका ३९ प्रतिशत रहेको छ ।
देशको प्रगति भएको प्रधानमन्त्रीको भनाई
जनगणना सार्वजनिक गर्दै प्रधानमन्त्री डाक्टर बावुराम भट्टराइले समग्र तथ्याङ्ग अनुसार केही प्रगति भएको बताउनुभयो । तर सन्तोषजनक नभएको प्रधानमन्त्री भट्टराईले टिप्पणी गर्नुभयो । तथ्याङ्गमा जात जातिहरु एकै ठाउँमा मिसाउन नहुने उहाँको भनाई थियो ।
तेश्रो लिङ्गीलाई गणनामा राखिएन
जनगणनाको तथ्याङक प्रति समलिङ्गी तेश्रोलिङ्गी समूदायको साझा संस्था नील हिरा समाजले आपत्ती जनाएको छ । समाजका कार्यकारी निर्देशक सुनिलवावु पन्तले गणनामा समलिङ्गी तेश्रोलिङ्गीलाई समावेश गरिएपनि तथ्याङक सार्वजनिक नहुनु दुखद भएको बताउनुभयो । उहाँले देशभर रहेको समलिङ्गी तेश्रोलिङ्गीको तथ्याङक संकलन गरेर सार्वजनिक गर्न माग समेत गर्नुभएको छ ।

, ,

0 comments

Write Down Your Responses

Thank's For Comment Mero Mind