तथ्यांक बताउँछ : खुसी पाउन पैसा चाहिँदैन

धेरै पैसा र सुस्वास्थ्यले मात्र जिवनमा खुसीको ग्यारेन्टी गर्दैन । हो, यहीँ सत्यलाई प्रमाणित गरिदिएको हालैको एक अध्ययनले । इकोनोमिक कोअपरेसन एण्ड डेभलपमेन्ट अर्गनाइजेसनले गरेको अध्ययनले विश्वका धनी देशका मानिसहरु भन्दा विकाशशील देशका मानिसहरु बढि खुसी रहेको देखाउनुले यो तथ्य प्रमाणित भएको हो ।


विश्वका विभिन्न १४८ देशमा गरिएको अध्ययनले पनामा र पाराग्वेका जनता विश्वमा सबैभन्दा खुसी जनता हुन् । अध्ययन अनुसार विश्वमा सबैभन्दा खुसी जनता भएका दश देशमध्ये ७ दक्षिण अमेरिकी देश नै छन् । अध्ययनले पाराग्वे र पनामाका जनता विश्वमा सबैभन्दा खुसी र सुखी जनताको रुपमा रहेको र उनीहरु जिवनप्रति सबैभन्दा बढि सकारात्मक रहेको देखाएको छ ।
विश्वमा प्रतिव्यक्ति आयको हिसाबले कतार सबैभन्दा धनी देशको रुपमा रहेको छ भने औषत आयुको दृष्टिले जापान एक नम्बरमा छ । तर यी देशका जनता भने विश्वका सुखी जनताको दशौँ नम्बरभित्र पर्न सकेका छैनन् ।
विश्वमा सुखी जनताभएका देशमा पाराग्वे र पनामापछि साल्भाडोर परेको छ । त्यसपछि भेनेजुयला, टि्रनिडाड एण्ड टोबागो, थाइल्याण्ड र ग्वाटेमाला जनता सुखी भएका देशमा परेका छन् ।
अध्ययनले सिंगापूरेहरु सबैभन्दा नकारात्मक मानसिकता भएका जनता हुन् । नकारात्मक मानसिकता भएका मानिसहरुमा सिंगापूरेले इराकी र आर्मेनियालीलाई पनि जितेका छन् ।
जनता सुखी भएका देशमा फिलिपिन्स सातौँ, इक्वेडर आठौँ, कोस्टारिका नबौँ स्थानमा छन् । अमेरिका ३५ औँ स्थानमा छ भने क्यानडा ११ औँ स्थानमा रहेको छ ।

0 comments

Write Down Your Responses

Thank's For Comment Mero Mind