विचित्रको चित्रकला प्रदर्शनी,जहाँ चित्रकी युवतीले लात्ताले हान्छिन् (फोटोफिचर सहित)

आर्ट ग्यालरीमा कलाकृति हेर्न जाँदा भित्तामा टाँसिएको चित्रले तपाइँलाई कहिल्यै लात्ताले हानेको छ ? पक्कैपनि छैन होला । किनकी क्यानभासमा खिचिएका ती चित्र क्यानभासबाट बाहिर निस्केर लात्ताले हान्ने कुरै भएन । तर चीनको तियान्जिनस्थित एक मलमा भएको चित्रकला प्रदर्शनीमा पुग्नेलाई चित्रमा रहेकी एक युवतीले लात्ताले हान्नेछिन् भने मोनालिसाले दाहिने हातको चोरी औँलाले तपाइँको लुगा अड्काइदिनेछिन् । यतिमात्र होइन तपाइँले चित्रैमा रहेको एक भुसतिघ्रे मानिसको हातबाट वाइन पिउन सक्नुहुन्छ ।

हो, यो विचित्रको चित्रकला प्रदर्शनीमा पुग्ने जो कोहीलाई पनि अनौठो अनुभुति हुन्छ । त्यहाँ प्रदर्शनमा रहेका चित्रकला सामान्य दुइ आयामिक चित्र नभएर थ्री डी चित्र हुन् । त्यसैले प्रदर्शनीमा पुग्नेहरुले ती चित्रमा भएका वस्तु तथा मानिससँग साँच्चीकै साक्षात्कार गरेको अनुभुति गर्न पाउँछन् । हेरौँ थ्री डी चित्रकलाका यी स्वरुप






0 comments

Write Down Your Responses

Thank's For Comment Mero Mind