नेपाल बढी भ्रष्टाचार हुने मुलुकहरुको सूचीमा


भ्रष्टाचार हुने मुलुकमध्ये नेपाल १ सय ३९ औं स्थानमा , नेपाल बढी भ्रष्टाचार हुने मुलुकहरुको सूचीमा

सबैभन्दा बढी भ्रष्टाचार हुने मुलुकहरुको सूचीमा नेपाल परेको छ ।
भ्रष्टाचार सम्बन्धि नियामक संस्था ट्रान्सपरेन्सी इन्टरनेशनलले १ सय ७६ वटा राष्ट्रमा गरेको सर्वेक्षणपछि आज सार्वजनिक गरेको वार्षिक प्रतिवेदन अनुसार नेपाल भ्रष्टाचार हुने मुलुकमध्ये १ सय ३९ औं स्थानमा परेको छ ।


नेपालले भ्रष्टचारका बिभिन्न सूचकांकका आधारमा २७ अंक मात्र पाएको छ । अघिल्लो वर्ष १ सय ८३ देशमा गरिएको सर्वेक्षणमा नेपाल १ सय ५४ औं स्थानमा थियो । दक्षिण एशियामा अफगानिस्तान सबैभन्दा बढी भ्रष्टाचार हुने मुलुक बनेको छ भने भुटान कम भ्रष्टाचार हुने देश बनेको छ ।


अफगानिस्तान १ सय ७४ र भुटान ३३ औं स्थानमा छन् । यस्तै भारत ९४ औं स्थानमा छ । पाकिस्तान भने नेपालजति नै १ सय ३९ औ स्थानमा छन् । बंगलादेश भने १ सय ४४ औ स्थानमा छ । ट्रान्सपरेन्सीको सूचीमा सबैभन्दा कम भ्रष्टाचार हुने देशमा डेनमार्क, फिनल्याण्ड र न्यूजील्याण्ड रहेका छन् । यी देशले समान ९० अंक पाएका छन् ।

त्यसपछि क्रमश स्वीडेन, सिंगापुर, स्वीट्जरल्याण्ड, अष्ट्रेलिया, नर्वे, क्यानडा र नेदरल्याण्डस् छन् कम भ्रष्टाचार हुने देश रहेका प्रतिवेदनमा उल्लेख छ । सबैभन्दा भ्रष्ट मुलुकमा अफ्रिकन देश सोमालिया परेको छ । अमेरिका १९ औ स्थानमा छ भने चीन ८० औ स्थानमा छ ।



0 comments

Write Down Your Responses

Thank's For Comment Mero Mind