५ डन सम्पत्ति शुद्धीकरण
गुण्डागर्दी गरी अबैधरुपमा सम्पत्ति आर्जन गरेको भन्दै पाँच जनाविरुद्ध आइतबार विशेष अदालतमा सम्पत्ति शुद्धीकरणसम्बन्धी मुद्दा दर्ता भएको छ । यसरी मुद्दा लाग्नेहरुमा एमाले समर्थित युवा संघका केन्द्रीय सदस्य पर्शुराम बस्नेत, लिम्बुवान समूहमा लागेका दीपक मनांगे, डनका चर्चामा रहेका चक्रे मिलन, गणेश लामा र बिराटनगरमा पर्शुरामका प्रतिद्वन्दीका रुपमा चिनिएका अभिषेक गिरी रहेका छन् ।
आइतबार दर्ता गरिएको अभियोगमा कृष्ण बस्नेत भनिने पर्शुराम बस्नेतले ११ करोड ६१ लाख ४१ हजार ९ सय ७७ रुपैयाँ गैरकानुनी रुपमा सम्पत्ति आर्जन गरिएको उल्लेख छ । त्यस्तै दीपक मनांगे भनिने राजेन गुरुङले १४ करोड ७३ लाख ३१ हजार गैरकानूनी सम्पत्ति आर्जन गरेको अभियोग लगाइएको छ । मनांगेको घरजग्गा समेत जफत गर्न माग दाबी गरिएको छ ।
विजयकुमार गच्छदार नेतृत्वको मधेसी जनअधिकार फोरम लोकतान्त्रिकका केन्द्रीय सदस्य समेत रहेका गणेश लामालाई सबैभन्दा बढी अभियोग लगाइएको छ । लामाले अवैधरुपमा २७ करोड १ लाख ६१ हजार ५८ रुपैयाँ गुण्डागर्दीबाट आर्जन गरेको अभियोग लगाइएको छ ।
त्यस्तै अभिवेशक गिरीले २ करोड ९४ लाख ४० हजार ५ सय ८८ रुपैयाँ ७२ पैसा गैरकानुनीरुपमा सम्पत्ति आर्जन गरेको अभियोगमा उल्लेख छ । सम्पत्ति शुद्धीकरण अन्तरगत मुद्दा पर्नेमध्ये चक्रे मिलनले ७ करोड ८ लाख १७ हजार २ सय २६ रुपैयाँ अवैध सम्पत्ति आर्जन गरेको अभियोगमा उल्लेख छ ।
0 comments
Write Down Your Responses
Thank's For Comment Mero Mind