सुन्दर सहर :ढुंगे पहरो मुनि (फोटो फिचर सहित)
हामीकहाँ विकाशका पूर्वाधार निर्माणमा भौगोलिक असहजता, डाँडाकाँडा, भिरपाखा आदिले अवरोध गर्यो भनिन्छ । तर यदि दृढ इच्छा भयो भने विकाश गर्न कुनै भौगोलिक विषमताले छेक्दैन भन्ने कुराको उदाहरण हो स्पेनको बोडेगास सहर ।यो सहर भिमकाय चट्टानी पहरो मुनि लुकेको छ भन्दा फरक नपर्ला । चट्टानको ओतमा घर बनेका छन् । मानौँ चट्टानले घरलाई थिँचिरहेको छ । झण्डै तिन हजार जना मान्छे बस्ने यो आदिम युगको जस्तै देखिने सहरमा घरहरु भने आधुनिक पाराका, सेता र चिटिक्कका छन् । घरहरुमा भित्री पर्खाल प्राकृतिक चट्टानकै छ । त्यसैले केवल बाहिरी पर्खाल ठड्याइएको छ ।
धेरैमा छानोको काम पनि पहरोले नै गरेको छ । कान्डिज क्षेत्रको उत्तरपूर्वमा पर्ने यो सहर रियो त्रेजो नदिको साँघुरो गल्छी क्षेत्रको हो । यो वस्ती निकै पुरानो तथा ऐतिहासिक रहेको बताइन्छ ।यो सहर वास्तवमै सुविधासम्पन्न छ । यहाँ बार, रेष्टुरेन्ट देखि लिएर विभिन्न खाने परम्परागत तथा आधुनिक परिकार समेत पाइन्छ । यो सहरको पूरा नाम सेटेनिल डी लास बोडेगास हो ।
0 comments
Write Down Your Responses
Thank's For Comment Mero Mind