यसरी तोडफोड गर्नुस्' गुगललाई

कहिल्यकाहि खोजेको कुरा ठ्याक्कै  नभेट्दा गुगल देखी नै रिस उठेको होला हैन ?  अहिल्य त रिस सेलाईसकेको पनी हुनसक्छ । त्यसो भए रिसलाई फेरी जगाउनुस् र लाग्नुस् गुगल तोडफोड गर्न ।  तपाईले साच्चै गुगल तोडफोड गर्न सक्नुहुन्छ । भताभुङ्ग नै वनाउन सक्नुहुन्छ । त्यो सम्भव छ । मैले यसरी भत्काईदिए गुगललाई । 

 मेरो कम्प्युटरमा त गुगल ठिकै छ भन्ने सोचिरहनुभएको होला  ।  छक्क नपर्नुस् Google Gravity को कुरा गर्दैछु । तपाईले गुगल सर्च ईन्जिनको होम पेजमा देख्दै आउनुभएको मेनुहरु विगारेर रैमठ्ठ पार्न सक्नुहुन्छ । मेनुहरुलाई टिप्दै मिल्काउन सक्नुहुन्छ र खेलको मज्जा लिन सक्नुहुन्छ, यो रमाईलो खेल हो । पहिलो चोटी खेल्दै हुनुहुन्छ भने तपाईलाई निकै रमाईलो लाग्न सक्छ । पहिल्यै थाहा थियो र खेल्दै आएको हो भने चै ईन्द्रको अगाडी स्वर्गको वयान  पनी लाग्न  सक्छ ।
~ गुगल सर्च ईन्जिनमा जानुस् , 
 ~ Google Gravity टाईप गर्नुस् 
~ र I am feeling lucky  पनी सगै टाईप गर्नुस्  । 
~ वा यहाँ क्लिक गर्दा पनी हुन्छ ।
ले हेर्नुस् तपाईले सर्च गर्ने गुगलको आकार प्रकार कस्तो भयो ? कुनै विषयमा सर्च गरेर पनी हेर्नुस्,  हरेक मेनुलाई टिप्दै मिल्काउनुस् । तपाई गुगल सर्च ईन्जिन विगार्न सफल हुनुभयो ।

0 comments

Write Down Your Responses

Thank's For Comment Mero Mind