किसान र कम्पनीले भोगे नोक्सान, लागू भएन पशु बीमा अनुदान

कसैको अवरोध र बाधा नहुँदा पनि अर्थ मन्त्रालयले आफूले घोषणा गरेको कार्य सम्पन्न गर्न सक्दो रहेनछ भन्ने गतिलो उदाहरण पशु बीमा अनुदान कार्यक्रम भएको छ । चालू आर्थिक वर्षको बजेटमा सरकारले पशु बीमाको आधा पि्रमियम किसानलाई अनुदान दिने घोषणासहित रकमसमेत विनियोजन गरेको थियो । तर, अर्काे वर्षको बजेटको चटारो सुरु हुँदासम्म सो घोषणा कार्यान्वयन हुन सकेको छैन ।
घोषित कार्यक्रम लागू हुन नसक्नुको कारण सोध्दा अर्थ मन्त्रालयले विभिन्न पक्षले समस्या खडा गरेको वा सम्बन्धित मन्त्रालयले तदारुकता नदेखाएको जवाफ दिने गर्दछ । तर, कार्यान्वयनको जिम्मा आप\mनै भागमा परेको अर्थले सरकारको प्राथमिकतामा परेको कृषक हितको कार्यसमेत गर्न सकेको छैन । सरकारले व्यावसायिक पशुपालनको विषय पाँच वर्षदेखि बजेटमा उल्लेख गर्दै आएको छ, जसका लागि पशु बीमा न्यूनतम शर्त हो ।
बीमा कम्पनीहरुको नियामक निकाय बीमा समितिले पशु बिमाको प्रडक्ट डिजाइन गरेर लागू गरिसकेको छ । जसअनुसार बीमा कम्पनीहरुले पशु बिमालेख बिक्री सुरु गरिसकेका छन् । तर अनुदान वितरणसम्बन्धी निर्देशिका अर्थ मन्त्रालयले मन्त्रिपरिषद्बाट पारित गराउन नसकेको कारण किसान मर्कामा परेका छन् । आधा पैसा अनुदान पाउने आशामा बिमा गराएका किसान सबै पि्रमियम आफैं तिर्नु परेपछि नोक्सानीमा परेका हुन् ।
बीमा समितिले पशु बीमाको न्यूनतम पि्रमियम ५ प्रतिशत तोकेको छ । कम्पनीहरुले साढे ६ प्रतिशतमा प्रडक्ट बेचिरहेका छन् । ठूलो संख्यामा बीमा नहुँदा कम्पनीले पनि घाटा व्यहोर्नुपरेको बताएका छन् भने किसानलाई पनि ठूलो आर्थिक भार थपिएको छ ।
एनएलजी इन्स्योरेन्स कम्पनीले विज्ञापनमा ठूलो लगानी गरी पशु बीमा सुरु गरेको छ । तर सरकारी अनुदानको अभावमा अपेक्षित किसान आकषिर्त नभएपछि यो पटक तीन वटा गाई मर्दासमेत कम्पनीको कुल पि्रमियमभन्दा दायित्व बढी हुन पुगेको छ । अन्य कम्पनीले भने अनुदानको व्यवस्था कार्यान्वयनमा नआउँदासम्म पशु बीमालाई जोड नदिने रणनीति लिएका छन् ।
पशु बीमाको पि्रमियम अन्य बीमाको तुलनामा महँगो भएको हुनाले किसानले मात्रै व्यहोर्न व्यावहारिक देखिंदैन । ठूलो संख्यामा पशु बीमा हुने स्थिति आएमा मात्र पि्रमियम शुल्क घट्न सक्ने सम्भावना देखिन्छ । यता, अर्थ मन्त्रालयका अधिकारी यस पटक घोषणा कार्यान्वयन गर्न नसकिएको र अर्काे वर्ष थप रकम बजेटमा व्यवस्था गरेर प्रभावकारी ढंगले कार्यक्रम लागू गर्ने बताउँछन् ।

0 comments

Write Down Your Responses

Thank's For Comment Mero Mind