भाउ बढ्यो सुनचाँदीको
स्थानिय बजारमा सुनचाँदीको मूल्यमा उतार-चढाव आउने क्रम जारी रहेको छ । यसैक्रममा मंगलबार सुनको मूल्य तोलामा ८ सय ५० रुपैयाँ बढेर कारोबार भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले मंगलबारका लागि छापावाला सुनको मूल्य तोलाको ५३ हजार रुपैयाँ तोकेको छ । सोमबार छापावाला सुन तोलाको ५२ हजार १ सय ५० रुपैयाँमा कारोबार भएको थियो ।
मंगलबार तेजाबी सुनको मूल्य पनि तोलामा ८ सय ५० रुपैयाँ बढेर तोलाको ५२ हजार ७ सय ५० रुपैयाँमा कारोबार भइरहेको छ । सोमबार तेजाबी सुन तोलाको ५१ हजार ९ सय रुपैयाँमा कारोबार भएको थियो । त्यस्तै, मंगलबार चाँदीको मूल्य पनि तोलामा १४ रुपैयाँ बढेर कारोबार भएको छ । महासंघका अनुसार मंगलबार चाँदी तोलाको ८ सय ७४ रुपैयाँमा कारोबार भइरहेको छ । सोमबार चाँदी तोलाको ८ सय ६० रुपैयाँमा कारोबार भएको थियो ।
0 comments
Write Down Your Responses
Thank's For Comment Mero Mind