बिक्री ठप्प पार्ने बिक्रेताको धम्की
खाना पकाउने एल.पी. ग्यास बिक्रेताहरुले लगानीको ५ प्रतिशत कमिशन वृद्धि गर्न सरकारसमक्ष माग गरेका छन् । सरकारले असार १० गते वृद्धि गरेको कमिशनबाट व्यवसाय संचालन गर्न नसकिने बताउँदै उनीहरुले ७२ रुपैयाँ पुर्याउन माग गरेका छन् । बिक्रेताले प्रतिसिलिण्डर ३० रुपैयाँ कमिशन पाउँदै आएकोमा सरकारले २ रुपैयाँ बढाएर ३२ रुपैयाँ पुर्याएको छ ।
नेपाल ग्यास बिक्रेता महासंघले असार २५ गतेसम्म प्रतिसलिण्डर मूल्यको ५ प्रतिशत कमिशन वृद्धि नगरे व्यवसाय बन्द गरेर आन्दोलनमा उत्रिने सरकारलाई चेतावनी दिएको छ । महासंघले कमिशन वृद्धिमा आनकानी गरेमा ग्यास उपभोक्ता कार्ड वितरण स्थगित गर्दै थप संघर्षका कार्यक्रमहरु सार्वजनिक गर्ने बताएको छ । संघर्षका कार्यक्रम कसरी अगाडी बढाउने भन्ने विषयमा बुधबार महासंघको वैठक बसेको थियाे ।
महासंघको बुधबार बसेको बैठकले दूई रुपैयाँमात्र कमिशन बढाईएकोमा घोर निन्दा गर्दै उद्योगीले दिएको थप २ रुपैयाँ कमिशन नलिने घोषणा गरको छ । वैठकले आगामी १५ गतेका लागि महासंघको बैठक डाकेको उपाध्यक्ष अर्जुनप्रसाद देवकोटाले बताउनुभयो । १५ गते बस्ने वैठकले कसरी संघर्षका कार्यक्रमहरु अगाडी बढाउने भनेर निर्णय गर्ने उहाँले जानकारी दिनुभयो ।
केही समय अगाडी ग्याउ उद्योगीहरुले ग्यासको बिक्री बन्द गरेर आफ्नो माग सम्बोधन गर्न सरकारलाई बाध्य पारेका थिए । सरकारले उद्योगीको कमिशन १९ रुपैयाँ बढाएको छ । कमिशन वृद्धिसँगै उद्योगीको प्रतिसिलिण्डर कमिशन ४७ रुपैयाँ पुगेको छ । ग्यास उद्योगीहरुले समेत बिक्रेता र डिष्ट्रिब्युटर्सहरुलाई अन्याय गरेको उपाध्यक्ष देवकोटाले गुनासो गर्नुभयो । ग्यास उद्योगीले कमिशन वृद्धि आफु अनुकुल हुनेगरि वृद्धि गर्न सरकारलाई दबाब दिएको बिक्रेताको आरोप छ । सरकारले लगानीको ५ प्रतिशत कमिशन वृद्धि नगरेमा उपभोक्ताले २५ गतेदेखि ग्यासको अभाव झेल्नुपर्ने भएको छ ।
0 comments
Write Down Your Responses
Thank's For Comment Mero Mind