वाली बन्यो विश्वकै सबैभन्दा कुरुप कुकुर

प्रतियोगिताका निणर्ायक मध्येका एक ब्रायन सोबेलका अनुसार त्यो कुकुर अरु विभिन्न कुकुर तथा जनावरका सरीरका विभिन्न भाग फोटोसपमा हालेर मिलाएर तयार पारिएको जस्तो आकृतिको रहेको टिप्पणी गरे ।
यो कुकुरका मालिक टामी बार्बी आफ्नो कुकुरले उपाधि उचालेकोमा खुसी छन् । उनले यो कुकुर तीन महिनाको हुँदादेखि पाल्दै आएका छन् । छिमेकीले कुकुर निकै नराम्रो भयो, यसलाई नपाल भन्दा पपनि आफुले नमानेको र कुकुरलाई निकै माया गर्ने गरेको दाबी उनको रहेको छ ।
विश्वको सबैभन्दा कुरुप कुकुरको उपाधि सँगै वालीले १५ सय अमेरिकी डलर समेत हात पारेको छ । साथै यो कुकुर सेलिब्रेटी समेत बनेको छ र आगामी दिनमा विभिन्न टेलिभिजन शो हरुमा पनि देखापर्नेछ ।
विश्व कुरुप कुकुर प्रतियोगितामा सहभागी केही कुकुरहरु यस्ता थिए
२९ वटा एक से एक कुरुप कुकुरहरुलाई पछि पार्दै ४ वर्षको ठिमाहा कुकुर वालीले यो वर्ष विश्वको सबैभन्दा कुरुप कुकुरको उपाधि जितेको छ । अमेरिकाको क्यालिफोर्नियामा भएको २५ औँ विश्व कुरुप कुकुर प्रतियोगितामा क्यालिफोर्नियाको चिकोबाट ल्याइएको ठूलो टाउकोधारी वालीले उपाधि जितेको हो । ठूलो टाउको तथा हाँसका जस्ता खुट्टा भएको वाली बेगल, बक्सर तथा बासेट जातका कुकुरको ठिमाहा नश्ल हो ।

0 comments

Write Down Your Responses

Thank's For Comment Mero Mind