अन्तर्राष्ट्रिय सांस्कृतिक कार्यक्रम दक्षिण कोरियामा

दक्षिण कोरियामा अन्तर्राष्ट्रिय बिबिध सांस्कृतिक कार्यक्रम भव्यताका साथ सम्पन्न भएको छ । कोरियाको खाह्वादो स्थित जन्दोंग्सा गुम्बामा आइतबार सम्पन्न भएको कार्यक्रममा  प्राचिन तथा एतिहासिक वास्तुकलाको नमुना बिहारको रुपमा परिचित जन्दोंग्सा गुम्बामा हरेक बर्ष बौद्ध प्रदर्शनी तथा बिभिन्न राष्ट्रहरुको बिबिध सांस्कृतिक गरिएको थियो । कोरियामा रहेका बिदेशी नागरिकहरुलाई लक्षित गर्दै गरिएको सो कार्यक्रममा नेपाल ,बंगलादेश ,श्रीलंका ,म्यान्मार ,भियतनाम लगायत ८ राष्ट्रहरुको सहभागिता रहेको थियो ।  
यस बर्ष पनि कोरियामा रहेका बिभिन्न देशहरुको कला र संस्कृतिको पहिचान तथा प्रवर्द्धन गर्ने उदेश्यले अति रमणीय स्थलमा गरिएको सो कार्यक्रममा जादु देखाउने कार्यक्रम तथा बिभिन्न राष्ट्रका कलाकारहरुले आफ्नो देशको कला संस्कृति झल्कने नृत्यहरु प्रस्तुत गरेका थिए । कोरियन कलाकारहरुले पनि कोरिया गाङनाम स्टाइल , आरा मोल्ला ,व्हाट्स योर नेम जस्ता प्रसिद्ध गीतहरुमा आधुनिक नृत्यहरु गरेका थिए ।  सो कार्यक्रममा श्रीलंकाली ,नेपाली ,तथा कोरियन नृत्यहरुले उपस्थित दर्शकहरुलाई भरपुर मनोरंजन दिएका थिए । कार्यक्रममा लुम्बिनी तथा बुद्ध जन्मेको नेपालको बारेमा कार्यक्रम संचालकले बारम्बार उद्घोषण गरेका थिए ।  कोरियन तथा बिदेशी गरि करिब हजार जना नागरिकहरुको सहभागिता रहेको सो कार्यक्रममा कोरियनहरुले बौद्ध प्रदर्शनी ,निशुल्क मेडिकल ,तथा अन्य स्टलहरु पनि राखेका थिए । आयोजकले कार्यक्रममा सहभागीहरुको लागि निशुल्क बस तथा खानाको ब्यबस्था गरिएको थियो ।
 यस्तै कार्यक्रममा नेपालले पनि सहभागीता जनाएको थियो ।  नेपालले बिगत ८ बर्ष देखी इन्छन ,खाह्वादो टापु स्थित रमणीय स्थल जन्दोंग्सा गुम्बामा हरेक बर्ष आयोजना हुने बौद्ध प्रदर्शनी तथा अन्तराष्ट्रिय बिबिध कार्यक्रममा सहभागीता जनाउंदै आइरहेको छ । यस बर्ष पनि नेपालको तर्फबाट कलाकार रमेश श्रेष्ठ ले नेपालको प्राचिन तथा एतिहासिक मन्जुश्री नाच तथा कलाकार सन्ध्या बुद्धाचार्यले नेवारी नाच प्रस्तुत गरेका थिए ।  
लुम्बिनी ,” बुद्ध नेपालमा जन्मेका हुन्” तथा नेपाली कला संस्कृतिलाइ कोरियन तथा बिदेशी माझ प्रवर्धन गर्ने उदेश्यले हरेक बर्ष यस कार्यक्रममा सहभागिता जनाइरहेको जानकारी नेपालका तर्फबाट सांस्कृतिक कार्यक्रमका प्रतिनिधि रमेश श्रेष्ठले दिए । उहाँले बिगतमा बुद्ध इंडियामा जन्मेको भनेर प्रचार प्रसार गरिने यस कार्यक्रममा यस बर्ष बुद्धको जन्मस्थल नेपाल भनेर उद्घोषण गर्दा गर्बको महसुस गरेको बताए ।  सो कार्यक्रममा नेपालीहरु करिब १५० जना नेपालीहरु सहभागी रहेका थिए ।  कार्यक्रममा नेपालीहरुको लागि दोङदेमुन , नागार्जुन गुम्बा ,तथा मासोकमा गरि ३ वटा बसको ब्यबस्था गरेको थियो ।



0 comments

Write Down Your Responses

Thank's For Comment Mero Mind