रहस्य दौड जेनिफरको
नायिका जेनिफर लभ हेविटले नियमित दौडेर आफूले कामुक शरीर प्राप्त गरेको कुरा बताएकी छिन्। ३४ वर्षिया यी नायिका आफ्नो कोकाकोला आकारको शरीरप्रति गौरव गर्ने बताउँछिन्। उनी भन्छिन्— 'नियमित रूपले गरिएको ब्यायामकै कारण म यस्तो शरीर बनाउन सफल भएकी हुँ।' जेनफिरका अनुसार उनी एउटी नायिका हुन्, लस एञ्जलसमा बसोबास गर्छिन् र हलिउडमा काम गर्छिन्। यस्तो अवस्थामा आफू आवश्यकता भन्दा बढी स्लिम भयो भने कसैले पनि पत्याउँदैन। 'तपाईं मोटाए पनि कुरा हुन्छ, दुब्लाए पनि कुरा हुन्छ, उनी भन्छिन्— 'त्यसैले म जे छु, त्यसैमा खुसी हुने प्रयास गर्छु।' जेनिफरलाई उनकी दिवंगत आमा प्याटि्रकाले दौडने प्रेरणा दिएकी थिइन्। जेनिफरले पहिलो पटक सन् २०१० मा लस एञ्जलसमा सम्पन्न रक एन रोल हाफ म्याराथनमा सहभागिता जनाएकी थिइन्। त्यसयता उनले दौडने कार्यलाई निरन्तरता दिइरहेकी छिन्।
0 comments
Write Down Your Responses
Thank's For Comment Mero Mind