गिरफ्तारी अमान्दाको
नायिका अमान्दा बाइनेसलाई उनको निवासमा गाँजा राखेको आरोपमा प्रहरीले गिरफ्तार गरेको छ। प्रहरीले उनको न्युयोर्कस्थित निवासबाट गाँजा बरामत गरेको थियो। प्रहरीले उनलाई घरमा ठूलो परिणाममा गाँजा राखेको तथा प्रमाणहरू नष्ट गरेको आरोप लगाइएको छ। एक वेबसाइटका अनुसार प्रहरीले उनलाई एउटा विद्युतीय उपकरण झ्यालबाट फ्याँकेको देखेको बताएको छ। बाइनेस बसोबास गर्ने अपार्टमेन्टकी अधिकृतले उनलाई गाँजाले भरिएको सिगरेटसहित भेटेकी थिइन्। यसबाहेक उनको व्यक्तिगत आचरणसमेत अनाैठो पाइएको थियो। उनी लागूऔषध सेवन गरी आफैंसँग बर्बराइरहेकी थिइन्। प्रहरीले गिराफ्तार गर्ने क्रममा उनी 'तिमीहरूलाई थाहा छैन, म को हुँ ?' भन्दै रिसाएकी थिइन्। प्रहरीले उनलाई हिरासतमा लिनुअघि अस्पताल पुर्याएर उनको मानसिक अवस्थाको परीक्षण गराएका थिए। २७ वर्षिया यी नायिका एक रात प्रहरी हिरासतमा बिताएर अर्को दिन अदालतमा उपस्थित भएकी थिइन्। यसअघि पनि उनलाई सवारी साधन चलाउने क्रममा नियम पालना नगरेको आरोपमा प्रहरीले गिरफ्तार गरेको थियो।
0 comments
Write Down Your Responses
Thank's For Comment Mero Mind